एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान गुल्मीमा


आज बिहान बुटवलबाट  गुल्मीका लागि एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गत १० थानअक्सिजन सिलिन्डर ( सिलिन्डर खरिद सहित ) गुल्मी पठाइएको छ।

उक्त सहयोग गुल्मी सत्यवती गाउपालिका स्वास्थ्य प्रमुख सुर्य बहादुर रानालाई  बुटवलमा हस्तान्तरण गरिएको   अक्सिजनसिलिन्डरहरु गुल्मी जिल्लाका जोहाङ्ग  भर्से स्वास्थ्य चौकीमा आजै पुर्याइने  प्रमुख रानाले  जानकारी दिएका छन 

एनआरएनए अफ्रिकाका सबै राष्ट्रिय समन्वय समितिका तर्फ बाट लुम्बिनी क्षेत्रको संयोजन गरि रहनु भएका  एनआरएनए कङ्गो अध्यक्षअमृत क्षेत्रीका अनुसार यस सहयोगका लागि एनआरएनए  बोत्स्वाना अध्यक्ष पदम भन्डारी  हङ्गकङ्ग बाट कुलबहादुर बुढाथोकीलेआर्थिक सहयोग  गरेका छन 

एनआरएनए अफ्रिका क्षेत्रीय  संयोजक रोशन थापाका अनुसार पाल्पाको जिल्ला अस्पताल  रामपुर अस्पतालमा अक्सिजिन  सिलिन्डरआजै बितरण गरिने  स्याङ्जाको लागि ब्यबस्थापन गर्दै गरिएको बताउनु भयो 

थापाका अनुसार यस अघि एनआरएनए अफ्रिकाको तत्काल अक्सिजन सहयोग अभियानले चितवनको रत्ननगर अस्पतालकैलालीकोटीकापुर  अस्पताल , परासी अस्पताल , पुर्व नवलपरासी को रजहर अस्पताल , बाराको सिमरा स्वास्थ्य केन्द्र  इलाम अस्पतालमा  अक्सिजन सिलिन्डर  सहयोग गरि सकेको   साथै अछामको मङ्गलसेन  बयालपाटा अस्पतालमा अक्सिजिन सिलिन्डर पुर्याइदै 

त्यसै गरि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान , जुम्लामा पनि सहयोग पठाउने तयारी हुदैछ ।हाल सम्म १२५ थान अक्सिजन सिलिन्डरखरिद सहित  ६५९ थान रिफिल्ड्ड अक्सिजन सहयोग यस  अभियानले  १० जिल्लामा हस्तान्तरण गरि सकेको  


प्रकाशित मिति : २०७८ जेष्ठ १२, बुधबार

धेरै पढिएको

ताजा समाचार