एनआरएनए अमेरिकाका महासचिव उम्मेद्वार सुवेदीद्वारा बाल संस्थालाई खाद्यान्न सहयोग


गैरअवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका सदस्य नवराज सुवेदीले समस्यामा परेका नेपाली बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन् । दोलखाको मकैबारीमा जन्मिएका सुवेदी हाल अमेरिकामा ग्रिनकार्ड होल्डर हुन् ।

सुवेदी आउँदो हप्ता हुन गइरहेको एनआरएनए अमेरिकाको निर्वाचनमा महासचिव पदका उम्मेद्वार हुन् । हाल उनी अमेरिकाको नर्थ क्यारोलिनमा बस्दै आएका छन् ।

अमेरिकामा रहेर पनि उनले नेपालमा नेपालीलाई पर्ने संकटमा निरन्तर साथ सहयोग पुर्याउँदै आएका छन् । कोरोना महामारीले खानेकुराकै समस्या परेका बालकालिकालाई उनले सहयोग गरेका छन् । सुवेदीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित सिर्जनासिल बाल सेवा परिवारमा रहेका बालबालिकालाई खाद्यन्न सहयोग गरेका छन् । सुवेदीबाट उपलब्ध खाद्यन्न सामाग्रीलाई लक्ष्मी खत्रीले आइतबार संस्थाका निर्देशक उमादेवी बस्नेतलाई हस्तान्तरण गरिन् ।

खाना पकाउने दुई वटा ग्यास सिलिण्डर, चाउचाउ, तेल लगायत खाद्यवस्तु हस्तारण गरेकी हुन् । २०६६ मा स्थापना गरिएको यस संस्थामा हाल ७ बालक र ११ बालिका गरी १८ बालबालिका रहेको निर्देशक बस्नेतले जानकारी दिइन् ।

कोभिड–१९ महामारीले मानिसको जीवन नै खतरामा परिरहेको बेला भोकको अवस्थाले निकै च्यापिरहेको बेला मनकारी दाताहरुबाट प्राप्त सहयोगले बालबालिकाको जीवन बचाउन एक हदसम्म सहयोग पुग्ने उनले बताइन ् । सहयोग गर्ने महानुभावलाई उनले धन्यवाद दिइन् ।

बालबालिकाको शिक्षा र भविष्यभन्दा यतिखेर स्वास्थ्य र भोकबाट जोगाउनु पहिलो कर्तव्य बनेको भन्दै सहयोगका लागि मनकारीहरुलाई उनले आग्रह समेत गरिन् ।

सुवेदीले हालैमात्र मिडिया हेल्प फाउण्डेसनमार्फत नेपालका संचारकर्मीहरुका लागि स्वास्थ्य सामाग्रीका लागि आर्थिक सहयोग गरेका छन् । सञ्चारकर्मीहरुलाई मास्क, स्यानिटाइजर, फेस शिल्ड लगायतका स्वास्थ्य सामाग्री खरिद गर्न उनले फाउण्डेसनमार्फत १५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

यसअघि २०७२ को विनासकारी भूकम्पमा बिल्लीवाठमा परेका नागरिकलाई आर्थिक सहयोग गरेका थिए । साथै दोलखामा निर्मित भौतिक संरचनाका लागि उनले आर्थिक सहयोग गरेका छन् ।


प्रकाशित मिति : २०७८ जेष्ठ १२, बुधबार

धेरै पढिएको

ताजा समाचार