ओहायोको आवासगृहमा भएको गोलीकाण्डमा ४ जनाको मृत्यु


अमेरिकाको ओहायो राज्यको एक आवास गृहमा भएको गोलीकाण्डमा ४ जनाको मृत्यु भएको छ । गत सोमबार पश्चिम जेफर्सनमा उक्त घटना भएको प्रहरीले जनाएका छन् ।

ओहायोको कोलम्बस शहरबाट पश्चिम जेफर्सन करिव १८ माइल टाडा रहेको छ ।

प्रहरीका अनुसार ३ जना आवासगृह भित्र र एक जना बाहिर पीडित व्यक्तिहरु बाहिर फेला परेको वेष्ट जेफर्सनका प्रहरी प्रमुख क्रिस्टोफर फ्लोयडले पत्रकारहरुलाई सोमबार बताए ।

मृतकहरुको नाम सार्वजनिक गरिएको छैन भने अन्य मानिसहरु घाइते नभएको प्रहरीले जनाएका छन् । उक्त राज्यमा चाडो समयमा ३ वटा गोली काण्ड भएको छ ।

गत शनिवार १६ बर्षिय र अन्य ५ जना किशोरहरु गोली काण्डका शिकार भएका थिए । त्यस्तै गरि योङ्गटाउन (शहर)को मधुशालामा गोली चल्दा पनि ३ जनको निधन र ३ जना घाइते भएका थिए ।


प्रकाशित मिति : २०७८ जेष्ठ १२, बुधबार

धेरै पढिएको

ताजा समाचार