मिजौरीमा घरको छतमाथि दुर्घटना भएको गाडी खस्दा मस्त सुतिरहेका घरमालिक बालबाल बच्न सफल


अमेरिकाको मध्यपश्चिम राज्य मिजौरीमा गाडी दुर्घटना हुँदा मस्त सुतिरहेका घरमालिक बालबाल बच्न सफल भएका छन् । कसैले कुदाई रहेको कार पल्टदा घरको छत छेडेर भुईमा खस्न नपाउदा घरधनीहरुको ज्यान बचेको छ ।

प्रहरीका अनुसार उक्त कार(सवारी साधन )केवल शयन कक्ष पुग्न केही फिट दुरीमा अड्किएको कारण मानव क्षति हुन् पाएन । मिजौरिको युरेका अग्नि नियन्त्रण उप प्रमुख विलियम स्टामबर्गरले स्थानीय संचार माध्यमलाई २ जना किशोर दीक्षान्त समारोह भोज सकेर फर्किँदा सडक भन्दा बाहिर कार गएको बताएका थिए ।

उक्त सवारी साधन दुर्घटना हुँदा पहाडमा मुनि खस्दा घरमा जोतिन पुगेको थियो ।

भाग्यवस सवारी साधन तथा घरका कोही पनि घाइते भएनन । स्थानीय पत्र पत्रिकाका अनुसार चालक र अर्का यात्री उक्त सवारी साधनबाट हाम फाल्न सफल भएको प्रकाशन गरेका छन् ।


प्रकाशित मिति : २०७८ जेष्ठ १२, बुधबार

धेरै पढिएको

ताजा समाचार