वरिष्ठ नायिका मनीषा कोइरालाद्वारा नारायणी अस्पताललाई ४ थान भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य सामग्री सहयोग


अभिनेत्री मनीषा कोइरालाले वीरगंजस्थित नारायणी अस्पताललाई चार थान भेन्टिलेटर सेटसहित स्वास्थ्य सामग्री सहयोग गरेकी छन्। उनका तर्फबाट नेपाली कांग्रेसका नेता रामनारायण कुर्मी तथा पत्रकार चन्द्र किशोरको टोलीले अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ र निमित्त मेसु डा. उदयनारायण सिंहलाई हस्तान्तरण गरेका थिए।
त्यसैगरी, अन्य स्वास्थ्य सामग्रीमा १०० र १०० थान फेससिल्ड र पीपीई तथा ३ थान फूल फेस मास्क प्रदान गरिएको थियो। कोरोना महामारीको दोस्रो लहरमा वीरगंज तथा मध्यतराईका जिल्लाहरु बढी प्रभावित भएको र नारायणी अस्पतालमा भेन्टिलेटरको अभाव रहेको जानकारी पाएपछि अभिनेत्री कोइरालाले सहयोग पठाएकी हुन्।
अस्पताल विकास समितिका अध्यक्ष लाभले नारायणी अस्पतालको अभावलाई थाहा पाएर सहयोग गर्ने प्रति कृतज्ञता व्यक्त गरेका थिए। उनले यी सामग्रीले कोरोना संक्रमितको ज्यान बचाउन मद्दत मिल्ने आग्रह गरे।
त्यस्तै, पत्रकार चन्द्र किशोरले जनताको सरकारी अस्पताल भएकोले सेवा अझै प्रभावकारी हुनु पर्नेमा अस्पताल व्यवस्थापन पक्ष तथा चिकित्सकको ध्यानाकर्षण गराएका थिए।


प्रकाशित मिति : २०७८ जेष्ठ १३, बिहीबार

धेरै पढिएको

ताजा समाचार