अमेरिकाको भर्जिनिया राज्यको स्प्रिंगफिल्ड शहरमा सेनाका चिकित्सक दम्पतीलाई गोली हानी हत्या गर्ने दुई जनालाई पक्राउ गरिएको छ । उनीहरु सहकर्मी भएको र उनीहरूका नातेदार भएको प्रहरीले बताएका छन् । उनीहरूलाई हत्या सहित ८ वटा घोर अपराधको अभियोग लाग्ने छ ।
मृतकहरुमा ५५ बर्षिय एडवार्ड म्याकडेनीएल जुनियर तथा ६३ बर्षिय ब्रेन्डा म्याकडेनिएल भएको प्रहरीले जनाएका छन । उनीहरुलाई गोली हान्ने फोर्ट वाशिंगटन मेरिल्याण्डका १९ बर्षिय डि एञ्जेलो स्ट्राण्ड र २० बर्षिय रोनी मार्शललाई बिहिबार मे २७ का दिन पक्राउ गरिएको छ ।
मृतक दुवै जना अमेरिकी सेनाका कार्यरत चिकित्सकहरू थिए भने एडवार्ड अझ पनि सक्रिय रुपमा सेनामा सेवारत थिए । उक्त घटना गत मे २६ का बुधवारका दिन बिहान ९:३० मिनेटमा भएको थियो ।
प्रहरीले गत बुधबार नै २०१८ मा निर्मित हल्का रंगको निसान अल्टिमा र मेरिल्याण्डको दर्ता संख्या भएको गाडीलाई व्यापक खोजी गरि रहेको बताएका थिए ।
प्रहरीले समुदायलाई गाडीको खोजी गर्न आग्रह गरे पछि ७:३० मिनेट अगाडी उनीहरूको गाडी भर्जिनियाको लोर्टन शहरमा भएको पत्ता लगाएका थिए ।
प्रहरीले स्ट्राण्डलाई हिरासतमा लिए पछि उनलाई दोश्रो श्रेणीको हत्याको अभियोगमा दुई वटा गणनाको आरोप लगाइएको छ । साथै उनले हतियार राखेको आरोपमा दुई गणनाको आरोप पनि लगाइएको छ ।
त्यस पछि अर्का संदिग्ध मार्शललाई अलेकजेन्ड्रियामा २ बजे दिउसो पक्राउ गरिएको थियो । उनलाई पनि दोस्रो श्रेणीको हत्याको आरोपमा दुई गणनाको साथमा हात हतियार प्रयोग गरिएको आरोप लगाइएको छ ।