एनआरएनए अफ्रिकाको इलाममा १०० थान रिफिल अक्सिजन सिलिन्डर सहयोग


एनआरएनए अफ्रिकाको मातृभुमीलाई तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत इलाम जिल्ला अस्पताललाई सय थान रिफिल सिलिन्डर सहयोग गरेको छ । उक्त सिलिन्डरको रिफिल गर्न आर्थिक सहयोग अभियानका लागि अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले गरेका हुन ।

थापाको नेतृत्वमा एनआरएनए अफ्रिकाको मातृभुमीमा तत्काल अक्सिजिन सहयोग अभियान चलिरहेको छ ।

अभियानले दस जिल्लाका अस्पतालहरुलाई हालसम्म १०५ भरी सिलिन्डर खरिद सहित र १००० भन्दा बढी रिफिल अक्सिजन सिलिन्डर सहयोग पुगाइ सकेको छ ।

थापाले ब्याक्तिगत तर्फ बाट समेत ३ लाख यो अभियानमा सहयोग गरि सकेका छन । हालसम्म अफ्रिकाका एनआरएनए र अन्य दाताहरुबाट समेत अभियानले ३० लाख सहयोग जुटाई मुलत अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरुलाई सहयोग गरिसकेको छ ।


प्रकाशित मिति : २०७८ जेष्ठ १४, शुक्रबार

धेरै पढिएको

ताजा समाचार