अमेरिकाले बेलारुसमा जबर्जस्ती पत्रकारको उडान अवतरण गराई गिरफ्तारी गरेकोमा नाकाबन्दी लगाउने


अमेरिकाले बेलारुसमा जबरजस्ती पत्रकारको उडानलाई अवतरण गराई गिरफ्तारी गरेकोमा नाकाबन्दी लगाउने भएको छ ।

ह्वाइट हाउसले घोषणा गर्दै संयुक्त राज्य अमेरिकाले अर्को हप्ता बेला रुसमा प्रतिबन्ध लगाउने जनाएको छ । गत मे २३ मे रायन एयरको उडानलाई एक विपक्षी पत्रकार त्यहा भएकोले जबरजस्ती मुनी झारिएको थियो ।

व्हाइट हाउसका पत्रकार सचिव जेन साकीले उक्त घटनालाई “अन्तर्राष्ट्रिय मान्यताहरूको प्रत्यक्ष विरोध” भनिन । र ,राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोलाई उक्त घटनाहरूको “विश्वसनीय अन्तर्राष्ट्रिय अनुसन्धान” गर्न र सबै राजनीतिक बन्दीहरुलाई तुरुन्त रिहा गर्न आग्रह गरिन ।

साकीले भनिन अमेरिकाले बिहीवार बिहान बेला रूसी राज्यको स्वामित्वमा रहेका नौ उद्यमीहरू विरुद्ध पूर्ण अवरुद्ध प्रतिबन्ध लगाउने छ, जसले अमेरिकीहरूलाई उक्त संस्थासँग कारोबारमा भाग लिन प्रतिबन्ध लगाउनेछ।

अमेरिकाले लुकाशेन्को शासनका प्रमुख सदस्यहरू विरुद्ध लक्षित प्रतिबन्धहरूको सूची विकास गर्न युरोपेली संघ र अन्य सहयोगीहरूसँग समन्वय गरिरहेको बताइन ।

ट्रेजरी डिपार्टमेन्ट( अर्थ बिभाग) बाइडेनको लागि नयाँ कार्यकारी आदेशको विकास गर्दैछ जसले राष्ट्रपतिलाई प्रतिबन्ध लगाउने अधिकार बढाउने छ ” उनले भनिन ।

गत साताको अन्त्यमा, ग्रीसबाट लिथुआनिया यात्रा गर्ने क्रममा युरोपियन हवाईजहाज रायन एयर बेलारुसको हवाई अड्डामा थियो । जब हवाई जहाज भित्र भएको बमले गर्दा यसलाई मिन्स्कमा लागिएको थियो ।

सुरक्षा एजेन्टहरूले रोमन प्रोटेसेभिकलाई पक्राउ गरे । जो सोशल मिडिया न्यूज च्यानल नेक्स्टाका सह-संस्थापक थिए । उनले उनीहरुका बिरुद्ध कलम चलाउने गर्थे ।

बेलारुसमा नागरिक हवाई जहाजलाई अपहरण “हाईज्याक” गरेको आरोप लगाइएको छ । जबकी बेलारूसी अधिकारीहरूले उनीहरूले बमको वास्तविक खतरालाई स्वीकार गर्दै यात्रुहरूको सुरक्षाको लागि कार्य गरिरहेको दाबी गरिरहेका छन्। यता प्रोटेसेभिक र उनकी प्रेमिका हिरासतमा छन्।


प्रकाशित मिति : २०७८ जेष्ठ १६, आईतवार

धेरै पढिएको

ताजा समाचार