गत हप्ता मे २२-२३ का दिन युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौं सम्मेलन सफलता पूर्वक सम्पन्न भयो । कोरोना महामारीको कारण खेलकुद बाहेक सबै कार्यक्रम भौतिक रुपमा उपस्थित नभई भर्चुअल(जुम)मार्फत सम्पन्न भएको पनि एक हप्ता बिती सकेको छ ।
युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को सँस्थाको तर्फबाट अध्यक्ष भक्त भण्डारीले सम्मलेनलाई अहोरात्र खटिई सम्पन्न गराएकोमा स्वयम सेवक,कलाकार तथा खेलाडी प्रति कृतज्ञता ज्ञापन गरेका छन् ।
साथै सम्मेलनमा विभिन्न कार्यक्रममा आयोजना गर्न दिनरात काम गर्नु हुने स्वयम सेवकहरूको योगदान प्रति मुक्त कण्ठले प्रशंसा गरेका छन् । अध्यक्ष भण्डारीले यदि उहाहरुले मेहनत नगरेको भए सम्मेलन कुनै पनि हालतमा सफल हुने थिएन भन्दै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैमा युएनए र सम्मेलनको तर्फ सहित विशेष धन्यबाद दिएका छन ।
अध्यक्ष भण्डारीले सम्मेलनलाई सफलता बनाउन अहोरात्र खट्ने ,निःस्वार्थ ,नि: सर्त मेहनत गर्ने केही स्वयम सेवकहरुको नाम नलिए अन्याय हुने बताए । उहाहरु विशेष धन्यवादको पात्र हुनु हुन्छ भनि नाम लिन चाहेको बताए ।
उनले स्वयम सेवकहरुमा काम गर्ने क्रमस गोपाल उप्रेती,कला न्यौपाने,आयुष्मा कोइराला,अश्विनी सिग्देल,लज्जा उप्रेती,मृदु उप्रेती,मानसी उप्रेती,जयन्ती बिष्ट,वर्षा पराजुली,कृष्ण पराजुली,आरती सिग्देल पराजुली,इन्दु पोख्रेल,ओजस्वी पाण्डे,पवित्रा गुरुङ(स्वास्थ्य परिचारिका-आरएन),चक्र राई(आरएन) तथा संस्कृति लामा लाई प्रशंसा गर्दै पुन :धन्यवाद दिन चाहेको बताए ।
यसै गरि ५ औ सम्मेलनलाई सफल बनाउन आयोजक समितिमा रही विभिन्न समिति समेत निर्माण गरि सबैलाई कुशल तरीकाले व्यवस्थापन गरि महामारीमा पनि काँधमा जिम्मेवारी लिई सम्मेलनलाई सफल बनाउन कुनै कसेर नराख्ने सम्मेलन संयोजक,सह संयोजक ,विभिन्न समितिका संयोजक सबैमा जती नै प्रशंसा गरे पनि कम हुने हुँदा नमन गर्न चाहेको उनले बताए ।
अध्यक्ष भण्डारीले सम्मेलनका मुख्य संयोजक चन्द्र लामा,खेलकुद संयोजक तथा सम्मलेन सह संयोजक सन्तोष बिडारी तथा बालबालिकाका विभिन्न कार्यक्रमकी संयोजक बिनाखड्का लामा लाई जती नै धन्यबाद दिए पनि कमी हुने बताए । उहाहरुले गर्दा नै सम्मेलनका सबै कार्यक्रम कुनै बाधा अड्चन भएन र सुचारु रुपले चल्न सकेकोमा बिशेष बिशेष धन्यबाद दिन चाहेको बताए ।
यसै गरि खेलकुद अन्तर्गत भकुण्डो प्रतियोगितामा बिज्ञान श्रेष्ठ,बास्केटबलमा दले लामा ,भलिवलमा गोबिन्द घिमिरे र टेनिसमा चक्र राईले अत्यन्तै राम्रो सहयोग र साथ रहेकोमा धन्यबाद दिएका छन् ।
अध्यक्ष भण्डारीले पुन :एक पटक सम्पूर्ण कलाकार,स्वयम सेवक ,खेलाडी ,खेल टोली ,सम्मेलनका आयोजक समिति ,कार्यकारी समिति,प्रत्यक्ष,संचार माध्यम,प्रायोजन गर्ने व्यवसाय ,प्रत्यक्ष या अप्रत्यक्ष रुपमा समर्थन ,सहयोग र हौशला दिने सबैमा कृतज्ञता व्यक्त गरेका छन ।
यसै गरि सम्मेलन प्रमुख संयोजक चन्द्र लामा, बालबालिकाका कार्यक्रमका संयोजक बिनाखड्का लामा ,सह संयोजक सन्तोष बिडारी समेतले सम्मेलनलाई सफलता बनाउन काँधमा काँध मिलाउने ,साथ दिने ,सहयोग र सहभागिता गर्न सबैलाई मुक्त कण्ठले प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरेका छन् ।