नेपालमा कोरोना परीक्षणदर घटेसँगै कोरोना संक्रमितको संख्या समेत घटेको छ । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गरिएका १०,९८६ वटा परीक्षणमा ३,७०२ जनामा र १,७८४ एन्टिजन परीक्षणबाट ६६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये काठमाडौं उपत्यकाभित्र भक्तपुरमा ११३, ललितपुरमा १७६ र कमा ८०४ गरी कुल १,०९३ नयाँ सङ्क्रमित थपिएका छन्।
अहिले सङ्क्रमण पुष्टि हुनेभन्दा निको हुने मानिसको सङ्ख्या बढी देखिएको छ। गत २४ घण्टामा ६,२०५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। त्यस्तै आज थप १०९ कोरोना संक्रमितको मृत्यु भएको छ ।