मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप


जिल्ला प्रशासन कार्यालय मोरङले आगामी जेठ २४ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ।

कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखि कार्यालय मोरङमा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म थप गर्ने नियर्ण गरेको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आज निषेधाज्ञाको समय सकिनु अगाडि पाँचौ सूचना जारी गर्दै जेठ २४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गर्नु भएको हो।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३,सङ्क्रामक रोग ऐन २०२० को दफा २ र कोभीड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ २४ गतेसम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरिएको छ।


प्रकाशित मिति : २०७८ जेष्ठ १८, मंगलवार

धेरै पढिएको

ताजा समाचार