गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१- २०२३ कार्यकालको लागि चुनाव गत मे ३० सम्पन्न भै नतिजा समेत सार्वजनिक भै सकेको छ ।
गत मे २९, २०२१ को बिहान ८:०० बजे अमेरिकी पूर्वीय समयमा सुरु भएको निर्वाचन मे ३०, २०२१ को राति ११:५९ पूर्वीय समयमा समाप्त भएको थियो ।
गत मे २९ र मे ३० का दिन विधुतिय प्रणालीबाट मतदान हुँदा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्याशी बुद्धि सागर सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै २०२१-२०२३ का लागि अध्यक्ष पदमा विजयी हासिल गरेका छन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा कृष्ण जीबी पन्थ बिजयी भएका छन् । पन्थ कृष्ण लामिछाने समूहका हुन् भने उनि वर्तमान उपाध्यक्ष हुन् । पन्त २०१९-२०२१ मा उपाध्यक्ष पदमा विजयी हुँदा सर्वाधिक मत प्राप्त गरेका थिए ।
गत शनिवार र आइतवार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि कुल २०,१३९ मतदाता रहेकोमा १५,७६८ ले मतदान गरेका थिए । सुवेदीले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका छन् भने कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याई दोस्रो स्थान भएका छन् ।
यसै गरि तेस्रो स्थानमा डा अर्जुन बञ्जाडे रहेका छन् भने उनले ४ हजार १ सय भोट ४८ मत ल्याएका छन् । यसै गरि ५६७ मत ल्याई तिलक केसी चौथो स्थानमा परेका छन् । एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ७ सय ६८ भोट खसेको छ भने कुल मत २० हजार १ सय ३८ रहेको थियो ।
निर्वाचन आयोगले दिएको आधिकारिक जानकारी अनुसार कूल २०,१३९ मतदाता रहेका थिए । त्यसमध्ये १५,७६८ अर्थात ७८.३२% मत खसेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका २०२१ का बिजयी उम्मेदवारहरुहरुमा अध्यक्षमा-बुद्धि सागर सुवेदी तथा बरिष्ठ उपाध्यक्षमा-कृष्ण जीबी पन्थ बिजयी भएका छन् । यसै गरि उपाध्यक्षहरुमा गोपेन्द्र भट्टराई,सुमन थापा,डिलु पराजुली र बिकाश राज उप्रेती बिजयी भएका छन । त्यस्तै महिला तर्फ उपाध्यक्षमा दिक्षा बस्नेत बिजयी भएकी छिन ।
महासचिवमा अन्जन कुमार चौलागाई,सचिवमा अनुप खनाल,महिला तर्फ सचिवमा सुनिता कंडेल (महिला तर्फ),कोषाध्यक्षमा राजीव श्रेष्ठ तथा सह कोषाध्यक्षमा अग्नि ढकाल बिजयी भएका छन् । त्यस्तै महिला संयोजकमा सुन्दरी गुरुङ,युवा संयोजकमा त्रिभुवन पाण्डे बिजयी भएका छन् । त्यस्तै गरि प्रवक्ता पद रिक्त रहेको छ भने पछि मनोनित हुनेछ । यसै गरि संचालक समिति सदस्य(बोर्ड अफ डाइरेक्टर)मा चिकित्सक प्रकाश श्रेष्ठ,बिशाल राना,बाला घिमिरे,डोलनाथ घिमिरे,प्रल्हाद सापकोटा,ज्ञानेन्द्र गुरुङ सन्तोष पहारी,आशिष संग्रौला,शान्ति पौडेल ,बिश्व राज बास्तोला ,दुर्गेश कार्की तथा राज ढुंगाना बिजयी भएका छन् ।
अमेरिकाको तर्फबाट अन्तराष्ट्रिय परिषद सदस्यहरुमा अमृत सापकोटा,संजीव कुमार श्रेष्ठ,बिन्दु निरौला,सुरेन्द्र मल्ल,संजय थापा,गोविन्द सुबेदी,नारायण कंडेल बिनोद तिवारी तथा बिष्णु शाह बिजयी भएका छन् ।