नेपाली बजारमा होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० उपलब्ध हुने भएको छ । होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले यसको लागि अनलाइन बुकिङ लिन प्रारम्भ गरेको छ ।
त्यसैगरी देशभर रहेका विभिन्न डिलरहरुले पनि यसको जानकारी दिएका छन् । निकै लामो समय देखि प्रतीक्षारत यो बाइक नेपाली बजारमा आउने वारेमा धेरैले चासो राखिरहेका थिए ।
सो बाइकको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ । हाल बुकिङ गर्ने ग्राहकले ५० हजार रुपैयाँ छुट पाउने कम्पनीको भनाइ छ । बुकिङका लागि नजिकैको सोरुमको नम्बरमा सम्पर्क गर्न वा यो लिंकमा क्लिक गर्न सकिन्छ ।
बाइक किन्न चाहने ग्राहकले २५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् । होन्डाले औपचारिक रुपमा यो बाइकको वारेमा जानकारी नदिए तापनि निषेधाज्ञा पश्चात ग्राहकलाई यो बाइक उपलब्ध गराइने छ । कुनै ग्राहकले अहिले नै बाइक लिन चाहेमा समेत उपलब्ध गराउन सकिने डिलरहरुले बताइरहेका छन् ।
गत फेस्टिभ सिजनमा भारतीय बजारमा लन्च भएको सो बाइकले निकै नै चर्चा पाएको छ । यसको प्रतिस्पर्धा रोयल इन्फिल्ड क्लासिक ३५० र आगामी दिनमा नेपाल भित्रिने मेटियरका साथै जावा बाइकसँग हुनेछ ।
होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ, जसमा वृत्ताकार हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम एक्जस्ट आदि छ । होन्डा हाइनेस सीबी ३५० दुई भेरिएन्ट डीएलएक्स र डीएलएक्स प्रो मा उपलब्ध हुनेछ ।
१५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ । झट्ट हेदा यो बाइक सानो देखिएपनि पूर्णत मेटल बडीका कारण हेभी भएको हो ।
हाइनेस सीबी ३५० मा ३४८।३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०।८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।
होन्डाको नयाँ बाइक हाइनेस सीबी ३५० अनलाइन बुकिङ खुल्ला, अनलाइन बुकिङ गर्नेलाई ५० हजार छुट

प्रकाशित मिति : २०७८ जेष्ठ १९, बुधबार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal