लाखौ युवाहरुलाइ बैकल्पिक राजनीतिमा उदाउन प्रेरणा दिएर आफै अस्ताए उज्ज्वल थापा । छोटो समयमा बिशेषत युवाहरुमाझ लोकप्रिय बनेका उज्ज्वल थापा मृत्युको पुर्व सन्ध्यामा उनले पाएको अपार सदभाव र स्नेहले उनले रोपेको वृक्षमा लागेको फलको स्वाद चाख्न नपाए पनि एउटा इमान्दार र आश लाग्दा नेताको छवि बनाएर यो संसारबाट फेरि कहिल्यै नफर्कने गरि बिदा भएका छन। दशकौ देखि जकडिएको बर्तमान राजनीतिको गाठो फुकाउन त्यति सहज छैन तथापि स्व. थापाले सुरु गर्नु भएको फरक राजनीतिको अभियानले युवाहरु माग हिरो छाप छोड्न सफल भएको छ । यससंगै अब स्व. थापाको बिचार र उनले शुरु गरेको अभियानलाई अझै सशक्त रुपमा अगाडि बढाउने जिम्मेवारी बिबेकशील साझा पार्टीको काँधमा आएको छ । नागरिक आन्दोलन र अभियानको क्रममा केही पटक उनीसंग जम्काभेट भए पनि व्यक्तिगत रुपमा उनीसंग मेरो कुनै चिनजान र बोलचाल भएको थिएन । म पनि एउटा फरक राजनीतिको पक्षधर र समर्थक भएको कारणले स्व. थापासंग आगामी दिनहरुमा उनले शुरु गरेको अभियानमा संगै हिड्ने सपना भने अधुरै रह्यो ।
बर्तमान राजनितीबाट वाक्क भएर उनले एउटा यस्तो मन्च बनाउन चाहान्थे जहाँ उभिएर युवाहरु मुलधारको राजनितीमा देखिएको बिकृतीप्रति आफ्नो असन्तुष्टि ब्यक्त गर्न सकुन। राजनितिको फोहर कसरी सफा गर्ने भने विषयमा चिन्तन मनन गर्न सकुन। जसको परिणाम स्वरुप उनले बिबेकशिल नेपाली दलको स्थापना गरेका थिए। नेपालको राजनिती एउटा दल–दल हो यस्मा लागे बर्बाद भइन्छ भन्ने युवाहरुमा बैकल्पिक राजनिति मार्फत बर्तमान राजनितीमा देखिएको फोहर सफा गरेर सुसस्कृत पद्दतिको निर्माण गर्न सकिन्छ भने सोचको बिकाश गर्न केही हदसम्म सफल भएका थिए। नेपाल बन्दको बिरोध होस या महिला हिंसा बिरुद्द बालुवाटार घेराउ होस यस किसिमको नागरिक आन्दोलनमा स्व स्फुर्तरुपले युवाहरु सहभागितामा उनको बिचार र नेत्रुत्वको अहम भुमिका रहेको थियो। युवापुस्ता परिवर्तनका भोका छन। उज्ज्वल थापा जस्तो व्यक्ति फेरि फर्केर आउनुहुन्छ र समाज परिवर्तनको अभियानमा पुन सकृय भएर लाग्नुहुन्छ जुन अभियानमा हामी पनि अटाउन सक्छौ र यो मुलुकको राजनिती सफा गरेर एउटा बिकशित समृद्ध र सुसस्कृत समाजको निर्माण गर्न सकिन्छ भन्ने आशा युवाहरुमा थियो। जस्को पुष्टि मृत्युको पुर्वसन्ध्यामा उनीप्रति देश –बिदेशबाट देखाइएको अपार सदभाव सहयोग र स्नेहले गर्दछ।
युवा पुस्तालाइ प्रोत्साहन गर्न अध्यक्ष जस्तो पद त्यागेका उज्ज्वल थापाको उदाहरणले हजारौ उज्ज्वल जन्माउने अवसर र परिबेश सृजना गरेको छ। उनको राजनितिमा लामो अनुभव थिएन ठूलो राजैनैतिक पृष्ठभुमि थिएन। कुनै ठुला नेता पनि थिएनन। फेरि पनि यी सबैका बाबजुद एउटा फरक बिचार इमान्दारिता र हिंसारहित प्रदर्शनबाट पनि परिवर्तन सम्भव छ भन्ने बिस्वास आमजनता बिशेसत मध्यमबर्गमा जगाउन सफल स्व. थापाले छोटो तर अर्थपुर्ण जीवन बाचेर शानदार विश्राम लिएका छन। गएको दुइहफ्ता स्व. थापाको लागि निकै कस्टकर रह्यो । लामो संघर्षपश्चात अन्तत उनले मृत्युसंग पराजित हुन पुगे । स्व. थापालाई नजिकबाट चिन्नेहरुले उनको बारेमा सामाजिक संजालमा ब्यक्त गरेका शब्दहरुले पनि उनले जे जति सम्बन्धहरु छोटो जीवनकालमा कमाउन सफल भए ति सबैका मनमा कहिल्यै नमेटिने छाप छोड्न सफल भए भएको देखिन्छ।
यसका साथै मृत्युको पुर्वसन्ध्यामा उनीप्रति देशबिदेशबाट लाखौ नेपाली दाजुभाइबाट उनीलाई प्राप्त भएको सदभाव र सहयोगले पनि उनको जीवन सफल र सार्थक भएको मान्न सकिन्छ । साधारण पहिरन शालीन व्यक्तित्व मृदुभाषी सधै पाल्पाली ढाका टोपीमा सजिएर हिड्ने झुस्स सेतो दार्ही भएको सबैलाई उत्प्रेरित गरिरहने सबैले अगाडी बढ्नुपर्छ भन्ने सोच राख्ने सहकर्मीहरुसंग उतिकै सदभाव र आफुभन्दा सानालाई स्नेह गर्ने बानि नै उनको परिचय र उनलाई कालान्तरसम्म मनमा सम्झिरहने कारण बन्न पुग्यो ।
४४ बर्षको उमेर संसारबाट बिदा हुने समय होइन तर स्व. थापाको हकमा भगवान पनि किन यति निस्ठुरी भए त्यसको जवाफ कसैसंग छैन । भगवानलाइ पनि राम्रो मान्छे प्यारो लाग्छ भन्थे सायद त्यहि भएर पनि हो लाउनको हामीसंगको भन्दा भगवानसंगको बसाइ लामो हुन गयो । पछिल्लो दिनमा उनको कोरोना रिपोर्ट नेगेटिभ आएपनि उक्त भाइरसले आन्तरिक रुपमा निकै नै क्षति पुर्याएको र निमोनिया पनि बिग्रिएको हुदा डाक्टरको अथक प्रयास बाबजुद पनि उनलाई बचाउन नसकिएको जानकारी चिकित्सकद्वारा दिइएको थियो। लाखौ व्यक्तिहरुको प्रार्थना र चिकित्सकहरुको अथक प्रयास बाबजुद पनि स्व. थापाले मृत्युमाथि बिजय हासिल गर्न सकेनन ।
को हुन्त स्व. उज्ज्वल थापा ? स्व. थापा यस्ता नेता थिए जो युवाहरुमाझ निकै नै लोकप्रिय थिए । उनले नेपाली समाजमा रहेको भ्रस्टाचार विभेदपूर्ण संरचना र नकरात्मक मनाशिकताबाट ग्रस्त समुहलाई जरैबाट उखलेर फाल्न अग्रणी भूमिका निभाएका थिए । करिब एक दशकदेखि राजनीतिमा सक्रिय रहदै आएका स्व. थापा हाल रहेका ठुला पार्टीका जस्तै ठुला नेता थिएनन । उनले बिबेकशील नेपाली दलको संस्थापक संयोजकको रुपमा रहेर प्रतिनिधि सभाको चुनाबमा भाग लिएका थिए । उक्त चुनावसम्ममा उनले नेतृत्व गरेको पार्टीले त्यति लोकप्रियता हासिल गरि नसकेकोले चुनावमा हार व्यर्होर्नु पर्यो । उनको पार्टीले चुनावमा हारको सामना गरे पनि उनले एउटा बैकल्पिक र सुसंस्कृत राजनीतिक पार्टी निर्माण गर्नुपर्छ भनेर उनको आफ्नै नेतृत्वमा बिबेकशील नेपाली दलको स्थापना गरेका थिए। सरल शालीन व्यक्तित्वका धनि उनी सार्वजनिक स्थानमा भन्दा पनि उनी युवाहरुमाझ बढि भेटिन्थे ।
अहिलेको राजनीतिबाट ब्याकुल र यो फोहरी दल–दलबाट उन्मुक्ति पाउनका लागि र नेपाली समाजका हरेक युवालाई बिबेकी बने मात्र राष्ट्रमा सु सासन कायम हुने उनको बिचारको पछि लाखौ युवाहरु उभिएका थिए । अहिलेको राजनीतिमा आमुल परिवर्तन आवश्यक छ भन्ने उनको बिचारले लाखौ युवाहरुको मन जित्न सफल भएका थियो। कुनै सार्वजनिक कार्यक्रम होस अथवा कुनै अन्तर्वार्ता होस उनी बारम्बार भन्ने गर्थे सबैभन्दा पहिले राजनीतिको नाममा भैरहेको लुटतन्त्रको जालो च्यात्नुपर्छ अनि राष्ट्र निर्माणको क्रम त्यहिबाट शुरु हुन्छ । उनको यही विचारले पनि उनको पछाडि लाग्ने युवाहरुको मनोबल बढ्ने गर्थ्यो ।
स्व. थापाले सन् १९९३ मा बुढानिलकण्ठ स्कुलबाट एसएलसी परिक्षा उतिर्ण गरेका थिए भने अमेरिकाबाट खगोल र भौतिक बिज्ञानमा स्नातकसम्मको पढाई पुरा गरेका थिए । आफ्नो स्नातकको पढाई पुरा गरेर आफ्नै देशमा के गर्नु पर्छ भन्ने सोच लिएर नेपाल फर्किएका थिए। नेपाल फर्कीसके पछि उनले २०६६ सालमा आफ्नै अगुवाइमा बन्द हडताल बिरोधि आन्दोलनको सुरुवात गरे । गरिखाने बाताबरणका लागि नेपाल बन्द बिरुद्द दबाब दिनका लागि उनको नेतृत्वको अभियानले गतिलिन शुरु भयो । उनकै अगुवाइमा नेपाल बन्द बिरुद्द नेपाल खुला छ अभियानमा बन्द कै दिन बिहान मोटरसाइकल, साइकल र रिक्सा र्यालीको आयोजना गरे । यसै क्रममा बि. सं. २०७१ साल जेस्ठमा १६ जना केन्द्रिय समिति रहेको बिबेकशील नेपाली दलको स्थापना भयो र स्व. थापा त्यसका संयोजक तोकिए । २०७० सालमा सम्पन्न संबिधान सभाको चुनावमा बिबेकशील नेपाली दलको तर्फबाट स्व. थापाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले काठमाडौँ क्षेत्र न.ं ५ बाट कुकुर चिन्ह लिएर चुनाव लडेका थिए । उनले उक्त चुनावमा पाचौं स्थानमा रहेर अन्य पुराना दलका लागि बिबेकशील नेपाली दललाई चुनौतीको रुपमा उभाइदिएका थिए । स्व. थापाकै नेत्रुत्वामा बिबेकशील नेपाली दलले २०७४ मा भएको स्थानीय चुनावमा काठमान्डू लगायत मुलुकको विभिन्न स्थानीय तहमा आफ्नो उम्मेद्वारी दिएको थियो ।
काठमाडौँ महानगरमा बिबेकशिल नेपाली दलले रन्जु दर्शनालाइ उम्मेदवारी दियो र रन्जु दर्शनाले पुराना पार्टी नेपाल कम्युनिष्ट पार्टी र नेपाली कंग्रेशलाइ कडा चुनौती दिदै तेस्रो स्थान प्राप्त गर्न सफल भईन । बिबेकशील नेपाली दल र रबिन्द्र मिश्र नेतृत्व रहेको साझा पार्टी २०७४ श्रावन११मा एकीकरण भएर बिबेकशील साझा पार्टी बन्न पुग्यो । तर यो एकिकरण धेरै लामो समय रहन सकेन । त्यस बेला पार्टी अलग हुनुमा आफ्नै ब्यबहारिक कमी कमजोरी रहेको भनेर बिबेकशील नेपाली दलले बिज्ञप्ति जारी गरेको थियो । परिणाम स्वरुप २०७५ पौष २७ मा पार्टी बिभाजन भयो । त्यसपछी पुन २०७७ मंसिर २४ मा पार्टी एकीकरण भयो तर स्व. थापाले अर्का युवा नेता मिल्न पाण्डेलाइ अधक्ष्यको रुपमा अघि सारेर आफु कुनै पदमा नबसी फरक राजनीतिबाट देश रुपान्तर अभियानमा लागि रहे ।
दुइ हफ्ता अगाडी उनलाई कोरोना संक्रमण भएपछि ग्राण्डि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यस्तिथि निकै नै गम्भीर अवस्थामा पुगेपछि थप उपचारको लागि काठमाडौँको भैसेपाटिस्थित मेडीसिटि अस्पतालमा एक्मो प्रबिधिबाट उपचार भैरहेको थियो । डाक्टरहरुको अथक प्रयास र लाखौ शुभचिन्तकहरुको प्रार्थनाको बाबजुद पनि उनले २०७८ साल जेस्ठ १८ गते अपरान्ह ४ः२५ बजे अन्तिम सास लिएर यो संसारबाट कहिले नफर्किने बाटोको यात्रामा निस्किए । स्वर्गीय थापा कहिल्यै नफर्किने बाटोको यात्रामा निस्किए तर उनको बिचार र सिद्दान्तले लाखौ युवाहरुलाई फरक र सुसस्कृत राजनीतिको पाठ सिकाएर गए । भौतिक रुपले स्व. थापाको अस्तित्व अब हामि बीच नरहे पनि उनले रोपेको बिचारको वृक्ष भने सधै हामीबीच हुर्किरहनेछ । अल बिदा उज्ज्वल ।
उमेश कुमार भट्टराई
कहिल्यै नफर्कने यात्रामा उज्ज्वल थापा

प्रकाशित मिति : २०७८ जेष्ठ १९, बुधबार
सम्बन्धित खवर
© 2023: News Routine मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal