अमेरिकाको डेलावेयरमा बरन्डा खस्दा एक महिलाको मृत्यु


अमेरिकाको डेलावेयरमा राज्यमा बरन्डा खस्दा एक महिलाको मृत्यु भएको छ भने अर्की महिलाको बहु हाडहरु भाचिएका अर्थात् टुक्राटुक्रा भएका छन् । डेलावेयरको डेवे समुन्द्रतट स्थित एक घरको कौसी खस्दा उक्त दुर्घटना भएको हो ।

उक्त घण्टा स्मारक दिवस(मेमोरिएयल डे )का दिन बरन्डा खस्दा ओहायो राज्यकी साउथ वेब्सटर नामक स्थानकी ५७ बर्षिय महिलाको निधन भएको डेवे समुन्द्रतट प्रहरी बिभागले जनाएको छ ।

उनलाई उपचारको लागि नेवार्क अस्पतालमा लागिएको थियो भने उनको त्यहाँ बिहान मृत्यु भएको थियो । गत सोमबार ४:५० मिनेट दिउसो तेश्रो तलाको बरन्डा खसेको जानकारी प्रहरीलाई खबर गरिएको थियो ।

उक्त महिला र अर्की ४७ बर्षिय महिला १० फिट मुनि खसेका थिए । दुवैलाई लेवेस स्थित बीबी मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा पहिला लागिएको थियो भने पछि नेवार्कको क्रिस्चिना केयर नामक अस्पतालमा स्थान्तरण गरिएको थियो ।

उनको अवस्था दिनहु बिग्रदै जाँदा गत मंगलबार बिहान ७ बे उनको निधन भएको थियो ।


प्रकाशित मिति : २०७८ जेष्ठ २०, बिहीबार

धेरै पढिएको

ताजा समाचार