अमेरिकाको मेरिल्याण्ड राज्यमा कोरोना बिरुद्धको खोप लगाउने एक महिलाले ४० हजार डलरको चिट्ठा जितेकी छिन । एक किराना पसलकी कामदार उक्त महिलाले मेरिल्याण्ड खोप चिट्ठा जिते पछि आश्चर्य हुदै खुशी व्यक्त गरिन ।
उनले प्रतिक्रिया दिदै भनिन मलाई खोप दिइयो किनभने म त्यस्तो चीज ल्याउन चाहन्न जसले मेरो पतिलाई बिरामी परोस । गत जुन १ ,२०२१ का दिन चिट्ठा खोल्दा उनि भाग्यशाली भईन भने उनि मेरिल्याण्ड टाउसन् शहरकी हुन् ।
डेडरी पुर इगन नाम गरेकी उक्त महिलालाई चिट्ठा परेको जानकारी दिदा उनले दुरभाष(फोन) उठाउन पाईनन र चुकेकी थिइन् । उनले उक्त जानकारी पाए पछि पहिले विश्वास नगरेको बताइन ।
उनलाई मेरिल्याण्ड स्वाथ्य बिभागको कर्मचारीले आफ्नो घर जाने क्रममा बाटोमा चिट्ठा जितेको खबर गर्दा गर्दै उनले पछि गाडी किनारामा रोकेर कुरा गर्नु परेको उनले बताइन ।
गत मंगलबार जायन्ट नामक किराना पसलमा काम गर्ने उक्त महिला चिट्ठा पर्ने पहिलो व्यक्ति हुन् । मेरिल्याण्डमा कूल २० लाख डलर बराबरको भ्याक्सक्यास प्रोमोसन नामक चिट्ठा खोप लगाउनेलाई दिइने घोषणा गरे अनुसार उनले उक्त ४० हजार डलर प्राप्त गरेकी हुन ।