नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) र नीको फाउन्डेसनद्वारा संयुक्त रुपमा संकलित अमेरिकी डलर ५०,०००.००(पचास हजार) फ्रान्सबाट अक्सिजन प्लान्ट खरीद गरी नेपालका अस्पतालहरुमा जडान गर्न अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) लाई शुक्रवार बेलुका ८ बजे भर्चुयल माध्यमबाट हस्तान्तरण गरिने भएको छ ।
यो भर्चुयल कार्यक्रमको प्रत्यक्ष प्रसारण इनेप्लिज र न्याकको पेजहरुबाट पनि गरिने भएकोले सवै न्याक सदस्य र स्थानीय समुदायलाई पनि लाइभ हेरेर अबगत हुन अनुरोध गरिएको छ ।
नेपालमा छिट्टै अक्सिजन प्लान्ट पुर्याइने जानकारी एएनएमएफका अध्यक्ष भुपेन्द्र खड्काले दिनु भएको छ । एएनएमएफ, नेपालको परामर्श र नेपाल सरकार र अन्य क्षेत्रको सहमति र निर्क्यौलमा नेपालमा कुन कुन अस्पतालमा प्लान्ट स्थापना गर्ने भन्ने निर्णय गरिनेछ ।
यस्तै एएनएमएफ नेपाल कार्यालयले प्लान्ट जडान र निर्माणको प्रबन्ध, निरीक्षण, तालीम र निगरानी गर्नेछ । नेपाली अमेरिकन सामुदायिक केन्द्र र नीको फाउण्डेसनको सहयोग अमेरिका नेपाल मेडिकल फाउन्डेसनले फ्रान्सबाट नेपाल लैजाने १० वटा अक्सिजन प्लान्टमध्ये एउटा प्लान्ट खरिद गर्न प्रयोग हुनेछ ।