अमेरिकामा सम्बन्ध विच्छेदको माग गरे पछि पत्नीको हत्या गर्ने पतिलाई ३० बर्षको कैद सजाय सुनाइएको छ । संघीय वकिलहरूका अनुसार अलास्काको क्रूज(पानी जहाज)मा पतिले हत्या गरेका थिए ।
अमेरिकाको युट़ा राज्यका उक्त व्यक्तिले सन् २०१७ मा आफ्नी पतिलाई सांघातिक हमला गरि मारेका थिए । उनलाई जुन ३ बिहिबारको दिन ३० बर्ष कैद र त्यस पछि ५ बर्ष सम्म सुपरिवेक्षण रहने अदालतले जनाएको छ ।
४३ बर्षिय केनेंथ म्यानजानयेर्स सन् २०२० को फेब्रुअरीमा दोश्रो श्रेणीको हत्याको अभियोगमा दोषी ठहर गरिएको थियो ।
उनले आफ्नी पत्नी क्रिस्टी म्यानजानयेर्सलाई जहाज भित्रै हत्या गरेका थिए ।
उक्त यात्रामा उनका दुई छोरीहरूलाई कोठा छोड्न भनेका थिए ।