अवैध रुपमा अमेरिका प्रवेश गरेका अस्थायी सुरक्षित दर्जा धारकहरूलाई स्थायी आवासीय पत्र नदिने :सर्वोच्च अदालत


अवैध रुपमा अमेरिका प्रवेश गरेका अस्थायी सुरक्षित दर्जा(टिपिएस) धारकहरूलाई स्थायी आवासीय पत्र (ग्रीन कार्ड )नदिने भएको छ । यो निर्णयको कारण लाखौ लाख उक्त सुबिधा प्राप्त गरेकाहरुलाई ठूलो चोट पुगेको छ ।

अमेरिकी सर्वोच्च अदालतले  सर्वसम्मतले सोमवार जुन ७ का दिन अमेरिकामा अवैध रूपमा प्रवेश गरेका जो आप्रवासीहरूसँग अस्थायी सुरक्षित दर्जा  सुविधा प्राप्त छ  उनीहरू स्थायी आवासीय पत्र आवेदन दिन सक्दैन भनेको छ ।

यो निर्णय हजारौं अस्थायी रुपमा बसेकाहरूको लागि एक अवरोध हो  ।

विभिन्न राष्ट्रहरुबाट अमेरिका आएका अस्थायी सुरक्षित दर्जा(टिपिएस) धारकहरू आफ्नो देशमा असुरक्षित अवस्थाका कारण अमेरिकामा स्थायी रूपमा बस्न चाहन्छन्।

हाल सम्म करिब ३ लाख २० हजार मानिसहरू अस्थायी सुरक्षित दर्जा अन्तर्गत अमेरिकामा बसोबास गरि रहेका छन् ।

१२ वटा देशहरु क्रमस म्यान्मार,एल साल्भाडोर, हैटि,नेपाल ,सुडान,निकारागुवा,सोमालिया होन्डूरस,भेनेजुएला,सोमालिया,दक्षिण सुडान,सुडान,सिरिया र येमन लगायत देशहरु रहेका छन् ।

ती मध्ये अधिकांश मध्य अमेरिकी राष्ट्रबाट गैर कानुनी रूपमा अमेरिका प्रवेश गरेका छन् ।


प्रकाशित मिति : २०७८ जेष्ठ २५, मंगलवार

धेरै पढिएको

ताजा समाचार