मिस नेपाल नर्थ अमेरिकाको लागि ख्याती प्राप्त पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला,सदीक्षा तथा मनिता आउने


बिश्व कै सम्राट राज्य न्यू योर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी )को लागि ख्याती प्राप्त पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ तथा मनिता देवकोटा आउने भएका छन् ।

मिस नेपाल नर्थ अमेरिका आयोजक समितिले जानकारी गराए अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा नियुक्त गरेको छ । यसै गरि सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को जिम्मेवार दिइएको छ ।

सदीक्षा श्रेष्ठ पूर्व नेपाल सुन्दरी हुन् भने उनि मिस नेपाल वर्ल्ड २०१० हुन् । यसको साथै यस पटक उत्तर अमेरिका नेपाल सुन्दरी प्रतियोगितामा एकै पटक पूर्व नेपाल सुन्दरीहरूले प्रतियोगीहरूलाई तालिम र अन्य प्रशिक्षण गराउने छन् । श्रेष्ठले यस भन्दा अगाडी दुईवटा प्रतियोगितामा कोरियोग्राफर अर्थात् मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरि सकेकी छिन ।

यसै गरि अर्की पूर्व नेपाल सुन्दरी मनिता देवकोटा सन् २०१८ कि मिस नेपाल युनिभर्स हुन् । उनको भूमिका भने प्रशिक्षक तथा प्रतियोगीलाई तालिमकर्ताको रुपमा सहयोग पुर्याउने छिन । कार्यक्रम आगामी अगस्त ७ ,शनिवार ,२०२१ को दिन आयोजना हुनेछ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ । प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरूको लागि आवेदन पत्र दिए अन्तिम मिति आगामी जुन १५ ,२०२१ तोकिएको छ । आयोजक समूहको संस्थापक तथा संचालक शैलेश श्रेष्ठले प्रतियोगितामा सहभागी हुन् केवल ६ दिन मात्र भएकोले शीघ्र नाम दर्ता गराउन इच्छुक सबैलाई आग्रह गरेका छन् ।

नेपाल टुरिज्म बोर्ड( पर्यटक बोर्ड )ले २०२१-२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनीत गर्नेछ । ग्रान्ड फिनाले अर्थात् समापन समारोह अगस्त ७ का दिन न्यू योर्क शहरमा हुनेछ ।

सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ ( उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९ )मा न्यूयोर्क की श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् ।
११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।

सन् २०१९ मा पूर्व नेपाल सुन्दरी द्वय शृंखला खतिवडा तथा सदीक्षा श्रेष्ठले सहभागिता जनाएका थिए ।


प्रकाशित मिति : २०७८ जेष्ठ २७, बिहीबार

धेरै पढिएको

ताजा समाचार