फ्लोरिडाको बिशाल बजारमा गोलीवारी हुँदा बन्दुकधारी सहित तीन जनाको मृत्यु


फ्लोरिडाको बिशाल बजारमा गोलीवारी हुँदा बन्दुकधारी सहित तीन जनाको मृत्यु भएको पाम बीच काउन्टीका शेरिफले जानकारी दिएका छन् ।

उक्त घटना दक्षिणपूर्व फ्लोरिडाको रोयल पाम बीचमा भएको हो ।

पब्लिक्स सुपर मार्केट नामक बिशाल बजारमा भएको घटनामा बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले उल्लेख गरेका छन । गोलीवारी बिशाल बजार भित्र घटेको थियो ।

प्रहरीले सामाजिक संजाल मार्फत जुन १० बिहिबारका दिन बताए अनुसार सहायक प्रहरीहरु त्यहा पुग्दा गोली लागि ३ जना मृत अवस्थामा फेला पारेका थिए । निधन हुनेहरुमा पुरुष ,महिला र बच्चा परेका छन् ।

प्रहरीले त्यहाँ हाल कुनै सक्रिय बन्दुकधारी नभएको जनाएका छन् । जासुसहरूले प्रारम्भिक चरणमा अनुसन्धान गरि रहेको जनाएका छन् ।

पब्लिक्स विशाल बजार ले एक वक्तव्य निकाली निधन भएका प्रति दुख व्यक्त गर्दै प्रहरीहरूलाई सहयोग गरि रहेको बताएको


प्रकाशित मिति : २०७८ जेष्ठ २८, शुक्रबार

धेरै पढिएको

ताजा समाचार