अमेरिकी संसद भवनमा गत जनवरी ६ का दिन दंगा र बिद्रोहमा संलग्न भएका शिकागोका प्रहरी एफबिआईको फन्दामा परेका छन् । उनलाई शिकागोको उनको घरबाट बिहानै पक्राउ गरिएको छ ।
अमेरिकी क्यापिटल अर्थत संसद भवन भएको दंगाको आरोपमा ५ वटा संघीय दुराचारको आरोप लगाइएको छ। क्यारोल स्विसिकलाई उनले जानी जानी प्रतिबन्धित भवन र मैदानमा पसेका थिए ।
उनको प्रवेश उग्र र उनले त्यहाँ दुर्ब्यबहार गरेको गत बुधबार दायर गरिएको कागजातमा उजुरी परेको छ । उनि शुक्रबार बिहान अदालतमा हाजिर भएका थिए । उनलाई एफबिआइले उनले संचार आदान प्रदान गरेका गुगल इमेल(बिधुतिय डाक) खाता र उनको दूरभाष(फोन )बाट पत्ता लगाएका थिए ।
उनले आफै हिंसामा सहभागी भएको समयमा तस्बिर सामाजिक संजालमा राखेका थिए । उनले शिकागो प्रहरीका गन्जी लगाई आफू राष्ट्लाई बचाउन भनि आएको लेखेको उजुरीमा जनाईएको छ ।
क्यारोल दंगा हुनु भन्दा अगाडी अघिल्लो राती डिसी पुगेका थिए भने उनले ४४ वटा तस्बिरहरु खिचेका थिए ।