प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले नागरिकको स्वास्थ्य सुरक्षाप्रति प्रतिवद्धता रहेको बताउनु भएको छ।
मुख्यमन्त्री राईले वर्ल्ड भिजन इन्टरनेशनलद्वारा रु ३४ लाख ८१ हजार स्वास्थ्य सामाग्री हस्तान्तरण समारोहमा बताउनु भएको छ।सो अवसरमा वल्र्ड भिजन इन्टरनेशनल नेपालको ९० दिने कोभिड–१९ दोस्रो लहर आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत प्रदेश १ को उदयपुर र प्रदेश सरकारलाई जम्मा रु ३४ लाख ८१ हजार १२७ मूल्य बराबरको १२० थान अक्सिजन सिलिण्डर,एक थान अक्सिजन कन्सन्ट्रेटर,७० थान इन्फ्रारेड थर्मामिटर,७० थान पल्स अक्सिमिटर, १०० थान पीपीई सेट हस्तान्तरण गरिएको छ।
प्रदेश सरकारलाई उपलब्ध गराइएको स्वास्थ्य सामाग्रीहरु मूख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री उषाकला राई,भूमी ब्यवस्था तथा कृषि सहकारी मन्त्री रामबहादुर मगरलाई हस्तान्तरण गरिएको हो।
मुख्यमन्त्री राईले संकटको समयमा प्रदेश सरकारलाई गरेको सहयोग गरेकोमा धन्यबाद दिनु हुदै प्रदेश सरकारलाई प्राप्त सामाग्रिहरु प्राथमिकताका आधारमा स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने बताउनुभयो।
सामाजिक विकास मन्त्री उषाकला राईले कोरोनालाई परास्त गर्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको मा जोड दिनुहुदै आगामी दिनमा सहकार्य तथा समन्वयका लागि अनुरोध गर्नुभयो।
वर्ल्ड भिजनका प्रमिल अधिकारीले उदयपुर जिल्लाको लागि ७० थान अक्सिजन सिलिण्डर,पीपीईसेट,पल्स अक्सिमिटर र १ थान अक्सिजन कन्सन्ट्रेटर,प्रदेश सरकारको लागि ५० थान अक्सिजन सिलिण्डर,३० पीपीसेट उपलब्ध गराइको जानकारी दिनु भयो।वल्र्ड भिजनका फिल्ड अपरेसन म्यानेजर,पूर्व फिल्ड कार्यालयका बिनय अमात्यले वितरित स्वास्थ्य सामाग्रीहरुले स्वास्थ्य संस्थाहरुको तत्कालिन आवश्यकताहरू परिपूर्ति तथा स्वास्थ्यकर्मीहरूको सुरक्षा गर्न मद्दत पुर्याउने आशा व्यक्तगर्नुभयो।