डिसी मेट्रो क्षेत्रमा सामुदायिक भवन र मन्दिर निर्माण गर्ने लक्ष्य लिएर गैर नाफामूलक संस्थाको रुपमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकको दोस्रो वार्षिक साधारण सभा शनिबार न्याक भवनकै प्राङ्गण भर्जिनियाको मनाससमा अमेरिकाको लागि नेपाली राजदूत डा. युवराज खतिवडाले समुद्घाटन गर्नु भयो ।
राजदूत डा. खतिवडाले अमेरिकामा सामुदायिक केन्द्रले नेपाली बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृति सिकाएर सधैँको लागि नेपाल प्रति माया गर्ने नागरिकको रुपमा विकास गर्ने विश्वास व्यक्त गर्नु भयो ।
डिसी क्षेत्रको सिङ्गो नेपाललाई चिनाउन न्याकले ठूलो भूमिका खेल्ने विश्वास लिंदै राजदूत डा खतिवडाले त्यसमा आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता पनि जनाउनु भयो ।
सो अवसरमा न्याकका सदस्यहरु एवं समुदायका दाजुभाई दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।छिटो भन्दा छिटो सामुदायिक भवन निर्माण गरी यही क्षेत्रमा तपाई हामीले परिकल्पना गरेको मिनी नेपालको स्थापना गर्न आफूहरू दत्तचित्त भएर लागेको कुरा न्याकका पदाधिकारीहरुले बताउनु भयो।
अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली बालबालिकाहरुले नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गान पनि गाएका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै बोर्ड अफ ट्रष्टी समितिका संयोजक गोविन्द मैनालीले सवैले एक भएर सामुदायिक भवन निर्माणमा लाग्नुको विकल्प नरहेको विचार व्यक्त गर्नु भयो । सभा संचालन ददीराम ढुंगाना र प्रदीप ढकालले गर्नु भएको थियो भने अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष कमल भट्टराईले विभिन्न संघ संस्थाहरुको तर्फबाट शुभकामना व्यक्त गर्नु भएको थियो।
सभामा न्याकको कम्युनिकेसन र डकुमेण्ट व्यवस्थापन समितिबाट ददी ढुंगाना, खेलकूद संयोजक समितिबाट चन्द्र लामा, महिला समितिबाट सुनिता खत्री, इन्जिनियर्स समितिबाट ठाकुर ढकाल, वित्तीय समितिबाट केशव बराल, संस्कृति समितिबाट अरुण रुपाखेती र सम्पर्क मुख्य व्यक्ति (पिओसीका पिओसी) डा. मदन उप्रेती र विधान समितिका संयोजक पुरु सुवेदीले साधारण सभामा जानकारी गराउनु भएको छ।
सो अवसरमा विधान संसोधनको बारेमा पनि छलफल भएको थियो । सो अवसरमा सदस्यबाट आएका प्रश्नलाई निर्वाचन आयोगको तर्फबाट सुमन तिमिल्सिना र समितिको तर्फबाट टीका मैनाली, मधु पन्थी र पुरु सुवेदीले प्रस्ट पार्नु भएको थियो। छलफलमा विधानलाई आवश्यकतानुसार संशोधन गर्दै लैजाने कुरामा सवै वीच सहमति भएको थियो।
कार्यक्रममा विना खड्का लामाको सहयोगमा गोपाल रेग्मीले न्याकका स्वयम् सेवकहरुलाई प्रशंसापत्रहरू वितरण गर्नु भएको थियो।
निर्वाचनको दौरान सर्वसम्मति कायम गर्न आफ्नो उम्मेदवारी फिर्ता गर्नु भएका अध्यक्षका उम्मेदवार राम मिश्रले नव निर्वाचित अध्यक्ष डा मदन उप्रेतीको कार्यकालमा सवैको विचारलाई सुनेर छिटो न्याकको भवन वन्ने विचार व्यक्त गर्नु भयो।
समाजसेवी भरत रेग्मी,डा देशराज संयोक(विद्या वारिधि ) लगायतले विधानमा सदस्यको भावनानुसार परिवर्तन गर्न सुझाउनु भएको थियो।
यसै गरी निर्वाचन आयोगमा रहनु भएका डा श्याम कार्की, डा गोपी उप्रेती(बिद्या वारिधि )प्रभा भट्टराई देउजा ,सविना मैनाली र राजीव मैनालीले नव निर्वाचित कार्य समिति र बोर्ड अफ ट्रष्टी समितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो।
न्याकको भवन आगामी दुई वर्षमा जसरी पनि संचालनमा ल्याउने प्रतिबद्धता गर्दै साधारण सभा सम्पन्न भएको छ।
कार्यकारी समितिमा निर्वाचित हुनेहरुमा क्रमस अध्यक्षमा चिकित्सक मदन उप्रेती(डा) ,वरिष्ठ उपाध्यक्षमा अभियन्ता (इन्जीनियर)ठाकुर ढकाल,उपाध्यक्षमा बिना खड्कालामा ,महासचिवमा डा लेखनाथ अधिकारी ,कोषाध्यक्षमा केशव बराल तथा उप कोषाध्यक्षमा हरि पुडासैनी रहेका छन् ।
यसै गरि कार्यकारी समितिको सदस्यहरुमा क्रमस प्रेम पौडेल ,तोया पौडेल,गुणराज लुइँटेल,प्रज्ञान आचार्य तथा लक्ष्मी शर्मा रहेका छन् । यस्तै लेखा समिति सदस्यहरुमा राजन अधिकारी तथा ग्रिष्म दाहाल निर्वाचित भएका छन् ।
बोर्ड अफ ट्रस्टी( गुठि समिति )को सभापतिमा अरुण रुपाखेती,उप सभापतिमा टिका मैनाली तथा सचिवमा पुरुषोत्तम सुबेदी रहेका छन भने यसैगरी गुठि सदस्यहरुमा गोपाल रेग्मी ,प्रेम संग्रौला,चिकित्सक गुणराज सुबेदी,ददिराम ढुंगाना ,गोबिन्द प्रसाद मैनाली ,परशुराम भण्डारी ,तारानाथ पोखरेल तथा मेदिनी अधिकारी रहेका छन् ।
शनिबारै बेलुका न्याकका दुवै पुराना कार्यसमिति र नयॉ कार्य समिति बीच मैत्रीपूर्ण भेटघाट र छलफलको आयोजना गरिएको छ।