पिट्सबर्गमा प्लाज्मा रक्तदान केन्द्रमा गाडी दुर्घटना हुँदा ३ जनाको निधन


अमेरिकाको पेनसेल्भेनिया राज्यको पिट्सबर्गमा प्लाज्माको रक्तदान केन्द्रमा गाडी दुर्घटना हुँदा ३ जनाको निधन भएको प्रहरी अधिकारीले जानकारी दिएका छन ।

दुर्घटना भए पछि सवारी साधन(कार)मा आगो लागेको थियो । जुन १२ शनिबारका दिन उक्त दुर्घटना भएको शहरको जन सुरक्षा विभागले जनाएको छ । ‘उक्त समयमा १० जना कर्मचारी र अन्य ५ जना व्यक्तिहरु रगतदान दिने आएको समयमा गाडी दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनाको कारण कैयौ अन्य व्यक्तिहरु पनि घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको स्थानीय पत्रिकाले उल्लेख गरेको छ ।


प्रकाशित मिति : २०७८ जेष्ठ ३०, आईतवार

धेरै पढिएको

ताजा समाचार