युवा अभियानद्वारा दुई सय परिवारलाई खाद्यान्न वितरण


निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्ने समुदायलाई हातमुख जोड्न समस्या भएको अवस्थामा रहेकाहरुलाई आज यहाँ खाद्यान्न वितरण गरिएको छ।

युवा अभियान समूह विराटनगर र नटराज एग्रो प्रालिद्वारा विराटनगर –११ गरीव समूदायका दुई सय जनालाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ।प्रदेश नं १ निवर्तमान सामाजिक विकासमन्त्री जीवन घिमिरे,नेकपा ( नेपाल खनाल समूह)का केन्द्रीय महेश रेग्मी,नगर अध्यक्ष पारुल क्षेत्री,अभियानका अभियान्ताहरु संजय विक,राम सुव्वा र भुवन कट्टेलले नागरिकले भोको पेट नसुत्नुस परोस भन्नका लागि अभियानले खाद्यान्न सहयोग एवं समस्या परेकाहरुले सम्पर्क गरेमा घरमा खाद्यान्न पुर्याउने प्रतिवद्धता व्यक्त गरिएको छ।

अभियानले निषेधाज्ञाको समयमा विराटनगरका विभिन्न वडाहरुमा खाद्यान्न वितरण गर्नुका साथै दैनिक मजदुरी गर्नेलाई निशुल्क खाना खुवाउँदै आएको छ।


प्रकाशित मिति : २०७८ जेष्ठ ३०, आईतवार

धेरै पढिएको

ताजा समाचार