कोभिडले स्वास्थ्य समस्यामा परेका पत्रकारको निःशुल्क उपचारका लागि काउन्सिलको ध्यानाकर्षण


कोरोना (कोभिड–१९) महामारीले पत्रकार र मिडियामा पारेको प्रभाव सम्बन्धमा प्रेस काउन्सिल नेपालको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय ‘भर्चुअल’ कार्यक्रम आज सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले कोरोनाको अहिलेको महारीमा पत्रकारको पक्षमा काम गर्नु काउन्सिलको अहम जिम्मेवारी भएको बताउनुभयो।पत्रकारको अवस्था र आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कार्यक्रम राखिएको भन्दै उहाँले कोभिडले समस्यामा परेका पत्रकारको निःशुल्क उपचार हुनुपर्ने,स्वास्थ्य सामाग्रीमा पहुँच पुग्नुपर्ने बताउनुभयो।

मिडिया विधेयकको विषयमा काउन्सिलको ध्यानाकर्षण भएको भन्दै अध्यक्ष बस्नेतले प्रेस मैत्री हुनुपर्नेमा जोड दिनुभयो।उहाँले लोककल्याणकारी विज्ञापन मार्फत मिडियाले पाउने सुविधा उपलब्ध गराउन सरकारसँग पहल गर्ने बताउनभुयो।उहाँले आचारसंहिताको पालना र कर्यान्वयनबाट स्वच्छ पत्रकारिताको विकास हुने भएकाले यसतर्फ सबै सचेत हुनुपर्ने,प्रदेशस्तरीय छलफलमा उठेका विषयलाई प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजाने बताउनुभयो।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा काउन्सिलका सदस्य विपुल पोख्रेल कोारेनाका कारण पत्रपत्रिका बन्द भएको,लोककल्याणकारी विज्ञापनमा समस्या भएको भन्दै तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको थियो।


प्रकाशित मिति : २०७८ जेष्ठ ३१, सोमबार

धेरै पढिएको

ताजा समाचार