प्रदेश सरकारलाई रु ६३ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण


प्रदेश नं १ सरकारलाई आज रु ६३ लाख मूल्य बरावरको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ।

प्रदेश नं १ सामाजिक विकासमन्त्री उषाकला राईलाई युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट रु ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ जसमध्ये १० लिटरको ३० वटा र पाँच लिटरको ३० वटा रहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिनुभयो।

यस्तै युएसएआडीको सुआहारा परियोजनाबाट पिपीई सेट १०० थान, सर्जिकल मास्क आठ हजार थान,ह्याण्ड सेनिटाईजर पाँच सय लिटरको ५० थान र के ९५ मास्क तीन सय थान प्राप्त भएको साहले बताउनुभयो।

सामाजिक विकास मन्त्री राईले स्वास्थ्य सामाग्री ग्रहण गदै कोरोना सङ्क्रमण नियन्त्रणमा सवैको सहयोग आवश्यक रहेको बताउनुभयो।

उहाँले सवै पक्षको सहयोगमा कोरोना सङ्क्रमण नियन्त्रण गर्न सकिने भन्दै सहयोगी संस्थाहरुलाई आगामी दिनमा पनि थप सहयोगका लागि आग्रह गर्नुभयो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा युएनडिपीका धनबहादुर चन्द, युएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतम लगायतको कोभीड–१९ नियन्त्रण र रोकथामका लागि आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।


प्रकाशित मिति : २०७८ जेष्ठ ३१, सोमबार

धेरै पढिएको

ताजा समाचार