हिमालय दर्शन कलेज विराटनगरले शैक्षिक गतिविधीसँगसँगै सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य तथा खाद्यन्न सामाग्री वितरण गरेको छ।
कलेजमा अध्ययनरत विद्यार्थीको नेतृत्वमा निषेधाज्ञाको अवधिमा भोकालाई गरीवहरुलाई खाना खुवाउँने,गरिवलाई खाद्यन्न सामग्री वितरण गर्ने संघसंस्था लगायतलाई स्वास्थ्य तथा खाद्यन्न सामाग्री आज वितरण गरेको छ।
कलेजले कोशी अस्पताल ओसीएमसी वार्डका लागी दुई हजार थान सर्जिकल मास्क,सेनिटाइजर वितरण गरेको छ।
विक्की कार्कीको नेतृत्वमा पोखरियाका युवाहरुले भोकालाई खाना खुवाउँने अभियानलाई १० बोरा चामल तथा ग्रामिण भेगका विपन्न परिवारलाई राहत वितरण गर्दै आएको जहदाको लक्ष्मीनिया युवा क्लवलाई पाँच बोरा चामल वितरण गरिएको कलेजका क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए।
कलेजका क्याम्पस प्रमुख सापकोटा,निर्देशकहरु शैलेन्द्र शिवाकोटी, भेषराज पोखरेल,ज्ञानबहादुर खडका र कलेजका संस्थापकहरुले उक्त्त खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गर्नु भएको हो।कोरोना महामारीका कारण स्कुल कलेज बन्द भए पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्य गर्दै आएको।