सञ्चारमन्त्री थापाद्धारा काउन्सिलको अवलोकन


सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले आज प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गर्नुभएको छ।भ्रमणका क्रममा मन्त्री थापालाई अध्यक्ष बालकृष्ण बस्नेत,सदस्यद्य दीपक पाण्डे,ठाकुरप्रसाद बेलबासे,प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल,वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालसहित कर्मचारीहरूले पुष्पगुच्छाले स्वागत गर्नुभयो।

सो अवसरमा अध्यक्ष बस्नेतले काउन्सिलले २४ सै घण्टा आर्काइभ मार्फत रेकर्ड गर्दै आएको (रेडियो,टेलिभिजन,अनलाइन) अभिलेख प्रणाली,अनुगमन कक्ष, निमार्णधिन प्रेस सङ्ग्राहलय बारे जानकारी दिनुभयो।

सोही अवसरमा उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले अनुगमन गर्ने तरिका,डाटा स्टोरेज,काउन्सिलमा रहेको अभिलेख प्रणाली लगायतका विषयमा जानकारी गराउनु भएको थियो।भ्रमणमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित सचिवालय महाशाखा÷शाखाका अधिकारीहरूको उपस्थिति रहेको थियो।


प्रकाशित मिति : २०७८ असार १, मंगलवार

धेरै पढिएको

ताजा समाचार