नेपाल स्काउटले जगदीशपुरमा भब्य कार्यक्रम गर्ने


नेपाल स्काउट लुम्बिनी प्रदेश अन्तर्गत कपिलवस्तु जिल्लाका पालिका
संयोजकहरुको बैठक महत्वपूर्ण निर्णयका साथ सप्पन्न भएको छ ।

बैठकले ७०औं नेपाल स्काउटको स्थापना दिवसका अवसरमा कपिलवस्तु नगरपालिका
वडा नम्बर ९को पर्यटकिय स्थल जगदीशपुर तालमा सरसफाइ गर्ने कार्यक्रम तय
गरेको छ ।

यस्तै नेपाल स्काउट लुम्बिनी प्रदेश कपिलवस्तु पालिका संयोजक सहितको बैठक
साउन २ गते बस्ने र सामाजिक क्षेत्रमा विभिन्न स्थान मा खटिनुपर्ने
संयोजक र सदस्यहरूलाई कोभिड १९ विरुद्धको खोप नेपाल स्काउट लुम्बिनी
प्रदेश स्काउटमा माग गर्ने निर्णय गरेको छ ।
स्काउटले बिगतका दिनदेखी नै बिपत्तिमा परेकाहरुको उद्दार लगायत विभिन्न
सामाजिक कार्य गर्दै आइरहेको छ ।

कोभिडले विश्वलाई नै आक्रान्त पारेको बेला नेपाल पनि अछुतो रहन नसकेको
समयमा विभिन्न सूचना, चेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

नेपाल स्काउट आफैंमा अनुशाशीत संस्था रहेकोले यसले गर्ने कार्यहरु समाजका
लागि उल्लेखनीय रहदै आएका छन् ।

बैठक नेपाल जिल्ला स्काउट संयोजक भगवती न्यौपानेको अध्यक्षता, लुम्बिनी
प्रदेश समिती सदस्य सन्दीप आचार्यको प्रमुख आतिथ्यता रहेको थियो भने
सम्पुर्ण पालिका संयोजकको उपस्थिति रहेको थियो ।

स्थापना दिवसको अवसरमा हुने कार्यक्रममा स्थानीय, समाजसेवी, बुद्धिजीवी,
सङ संस्थाका पदाधिकारी अधिकारकर्मी सम्पुर्णलाई उपस्थितिको लागि हार्दिक
अनुरोध गरिएको छ ।


प्रकाशित मिति : २०७८ असार ५, शनिबार

धेरै पढिएको

ताजा समाचार