बिगत ६ बर्ष देखी अमेरिकाको कोलोराडो राज्यको बोल्डर शहरमा बसोबास गर्दै आउनु भएका सर्जक गौतम सागर राई साहित्य, संगीत, पत्रकारितामा परदेशबाटै सकृय छन ।लगभग ३ दर्जन गीतमा संगीत,स्वर,साथै केही शब्द दिइसकेका राईले फेरी नयाँ गीत “परदेशीको याद” सर्बजानिक गरेका छन ।
यस गीतमा स्वर भ्वाइज अफ नेपालको ब्याटल राउन्डबाट बाहिरिएकी दार्जिलिङकी चेली सुरक्षा सेन्चुरीको सुमधुर स्वर रहेकोछ भने शब्द र संगीत गौतम सागर राईको रहेकोछ । गीतको एरेन्ज मनोज साङ्सोन राईले गरेका छन भने मिक्सिङ राजु कार्किले गरेका हुन किङ स्टुडियोमा रेकर्डिस्ट मनोज साङ्सोन राई र सुरेश राईले रेकर्ड गरेका हुन।
सिमापारी परदेशमा भएको परदेशीको यादहरुमा तड्पिएर घरदेशमा आफ्नो प्रियसीको पोखेका थुप्रै बिलौना हरु यस गीतमा पोखिएको पाइन्छ ।गीतको लिप्सिङ छायाङ्कन र सम्पादन जस्केलो क्रियसनले गरेको छ भने यस गीतको भिडियो गौतम सागर राईको अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएकोछ ।