कपिलवस्तुको दोस्रो ठुलो नाका सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७÷२०७८ मा तय गरेको लक्ष्यभन्दा १ सय७८ प्रतिशत बढी राजश्वअसुली गरेको छ ।
चालु आ. व.लक्ष्य २०७७ ÷०७८ लक्ष्य ७८ कारोड १६ लाख ७४ रहेको थियो । २०७८ जेठ महिनासम्म १ अर्ब ३९ करोड ७० लाख ५२ हजार राजश्व संकलनछ । वार्षिक लक्ष्यको जेठ महिनासम्मा १ सय ७८ प्रतिशतराजश्व संकलनभएको सुठौली भन्सार कार्यालयका प्रमु रमेश खडकाले बताए ।
सुठौली नाका स्तरोन्नती भएको २५ महिनापछि सुठौलीमा अहिले राजश्व सकंलन राम्रो भएको उनले बताए । कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बीचमा पर्नै भन्सार अहिले बिस्तारै प्रगति गर्दै गएको खडकाले बताए । कोभिडको बेला समेत बार्षिक लक्ष्यपार गरेको भन्सारले राम्रो गरेको बताए ।
पैठारी मालबस्तुको आयातमा बृद्धिभएको कारण राजश्व पनि बृद्धि भएको हो सुठौलीनाकाबाट धान ,चामाल , गोहु ,मार्बल , टयाल , कपडाहरुमा पनि पैठारी जन्य बृद्धि भएको राजश्व बृद्धि भएको खडकाले बताए । तर अहिले भने सदरमुकाम तौलिहवा जोडिएको सो नाकाबाट थप सिमेन्टको क्लिङ्कर, डिओसी, फिड सप्लिमेन्ट र मेसिनरी सामाग्री आयत हुनथालेको छ । भन्सार जग्गा समस्या त्यो पनि भाँडामा लिई भन्सारको समस्या सामाधा नभएको खड्काले बताए ।
भंसार स्तरोन्नतीको निर्णय कार्यान्वयनमाआए सगै कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार सगै सिमा क्षेत्रमा भंसार स्थापनाका लागि जग्गा प्राप्ति र भारतिय नम्बर प्लेटका सवारी साधनमा कडाई शुरु गरेको उनले जनाए ।
भंसारको स्तारोन्नतीको निर्णय कार्यान्वयनमा आए पनि हालका पुर्वाधार जिर्ण हुनु, कर्मचारीका लागि आवासको समस्या, यार्ड नहुदाँ सडकमै मालबाहक सवारी पार्किङ्ग गर्नु पर्ने बाध्यता, प्रयाप्त सवारी साधन नहुदाँ भंसार चुहावट नियन्त्रणका लागी गस्ति गर्न समस्या, खाद्यबस्तु परिक्षणका लागि क्वारेन्टाईनको उपलब्धता र दशगजा देखी डेढ किलोमिटर भित्र भंसार भएकाले चोरी पैठारी नियन्त्रणमा समस्या आएको भंसार कर्मचारी बताउछन ।