आर्थिक र ब्यवसायिक गतिबिधि बढाउन कपिलवस्तुमा थप खुकुलो सहीत एक साता
निषेधाज्ञा थप गरिएको छ ।कोरोना संक्रमनको चेन ब्रेक गर्न कपिलवस्तुमा
सातौे पटक निषेधाज्ञा थप गरिएको हो । असार ८ देखि असार १४ सम्मकालागि
निषेधाज्ञा थपिएको हो । जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ ।
आइतवार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना ब्यवस्थापन समितिले गरको
सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो । प्रशासन,
माल र नापी कार्यालयको केही सेवाहरु असार ८ देखि सुरु गर्ने निर्णय
गरिएको छ । प्रजिअ चक्रपाणी पाण्डेयले कोरोना भाईरासको दोश्रो भेरिन्टको
चेन रोक्नकालागि फेरी एक साताकालागि निषेधाज्ञा थपिएको बताउनु भयो । असार
१४ गते १२ बजे सम्मकालागि निषेधाज्ञा जारी रहने छ ।
अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताउनु भयो ।
खाद्यान्न तथा अन्य सरसामान किनमेलकालागि समयावधी बढाउदै दैनिक बिहान ९
बजे देखि दिउसो ५ जे सम्म समय तोकिएको छ । बैकिङ र सरकारी कार्यालय खुला
गरिएको छ । यस्तै मोटरसाईकल कार र अटो चलाउन समेत दिईनेछ ।जिल्ला प्रशासन
कार्यालयले सोमबार विज्ञप्तिमार्फत् जानकारी गराउँदै विगतको तुलनामा
निषेधाज्ञा केही खुकुलो गराइने जनाएको छ ।
शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल,
यात्रुबाहक लगायत सुविधा यथावत रोक लगाइएको छ ।
विवाह ब्रतबन्धमा १५ जना भन्दा बढी सहभागी नहुने गरी सम्पन्न गर्ने,
सरकारी कार्यालय सेवा प्रदानमा स्वास्थ्य मापदण्ड अपनाएर गर्ने,
अतिआवश्यक भौतिक, कृषि, खाद्यन्न सामाग्री किनमेल गर्नमा रोक लगाइएको छैन
।
सार्वजनिक यातायातमा भने रोक लगाइएको छ । , सभा सम्मेलन गोष्ठी हाटेल तथा
रेस्टुरेन्ट लगायतका संचालन गर्न रोक लगाइएको छ । जिल्लामा १ सय ७३ सकृय
सक्रमित छन । संक्रमितको संख्या घटेसंगै निषेधाज्ञालाई थप खुकुलो पारिएको
प्रजिअ चक्रपाणी पाण्डेयले बताउनु भयो ।