क्यानडाका चिर परिचित सामाजिक अभियन्ता मित्र काफ्ले ब्राम्टन नागरिक सम्मान पुरस्कार २०२०-२०२१ बाट सम्मानित भएका छन् । काफ्ले क्यानाडाको ब्राम्टनमा बसोबास गर्छन भने उनलाई ब्राम्टन स्थानीय सरकारबाट उक्त सम्मान प्राप्त भएको हो ।
काफ्ले सम्मानित भए पछि उनले सामाजिक संजाल मार्फत ब्राम्टन नागरिक सम्मान् २०२० / २०२१ पाउदा भाग्यमानी सम्झेको छु भनि लेखेका छन् । साथै सम्मान्को लागि सम्माननीय प्यारो भाई नगर प्रमुख प्याट्रिक ब्राउन् लगायत् नगरका कर्मचारीहरुलाई उनले धन्यवाद समेत दिएका छन् ।
यो पुरस्कार हरेक बर्ष स्थानीय सरकारले प्रदान गर्छ भने कोरोनाको महामारीमा मानवीय सेवामा काम गरे वापत सम्मान थप गरिएको हो ।
उक्त ब्राम्टन नागरिक सम्मान पुरस्कार प्राप्त गर्ने नेपाली मूलका एक मात्र सामाजिक अभियन्ता काफ्ले हुन् । उनि संगै अन्य भारतीय मूलका सहित कूल ७ जनाले उक्त पुरस्कार पाएका थिए ।
पुरस्कार पाए पछि आफूले अझ समुदायको लागि मेहनत गर्ने समेत काफ्लेले प्रतिबद्धता गरेका छन् ।
उनको ब्राम्टनका नगर प्रमुख संग राम्रो सम्बन्ध भएकोले भाई भनि सम्बोधन गरेका छन् ।
उक्त पुरस्कार ब्राउनले उनलाई प्रदान गरेका थिए ।
यो पुरस्कार सन् १९७४ देखि समुदायमा विभिन्न क्षेत्रमा योगदान दिएकालाई सम्मान गरिन्छ ।