स्पेनको कारागारमा म्याकफी मृत अवस्थामा फेला


विवादास्पद एन्टीभाइरस सफ्टवेयर म्याग्नेट ( सङ्गणकयन्त्रको लागि प्रयोग गरिने बिषाणु बिरुद्ध तन्त्रांश ) का जोन म्याकफी स्पेनको कारागारमा मृत अवस्थामा फेला पारेका छन ।

उनको ७५ बर्षको उमेरमा मृत्यु भएको छ । म्याकफीलाई गत वर्ष संयुक्त राज्य अमेरिकामा कर चोरी गरेको आरोपमा स्पेनको बार्सिलोना नजिक रहेको कारागार थुनिएका थिए भने उनलाई सुपुर्दगी गर्ने रहेको अवस्थामा उनको अचानक मृत्युको दुखद खबर आएको छ ।

म्याकफी बुधबार दिउसो करिव १ बजे अमेरिकन पूर्वीय समयमा उनको कोठामा मृत भेटिएका थिए ।

त्यहाँ कारागार प्रबन्ध गर्ने क्याटालोनिया क्षेत्रीय सरकार न्याय विभागको एक विज्ञप्तिमा भनिएको छ कि कारागारमा चिकित्सा कर्मचारी र सुरक्षाकर्मीहरूले म्याकाफीलाई बचाउने प्रक्रिया गर्ने प्रयास गरे तर असफल रहेको जनाएका छन् । वक्तव्यका अनुसार म्याकफीको आत्महत्याबाट द्वारा उनको मृत्यु भएको हुन् सक्ने जनाईएको छ ।

यस हप्ता स्पेनको राष्ट्रिय अदालतका तीन न्यायाधीशहरूको समूहले म्याकफीलाई अमेरिकालाई सुपुर्दगी गर्ने निर्णय गरे पछि मृत्यु भएको हो ।

केही महिना अघि कर चोरी गरेको आरोपमा संयुक्त राज्य अमेरिकामा अभियोग लागेपछि म्याकफीलाई अक्टूबरमा स्पेनमा पक्राऊ गरिएको थियो । उनले २०१४-२०१८ सम्ममा कर दाखिला नगरेको उनलाई आरोप लगाइएको थियो ।

स्पनेली न्यायाधिशहरुले उनलाई २०१६ ,२०१७ र २०१८ को कर दाखिला सम्बन्धि आरोपहरूको सामना गर्न स्पेनका न्यायाधीशहरूले उनलाई सुपुर्दगी गर्ने स्वीकृति दिएका थिए ।

उनको पुरा नाम जोन डेभिड म्याकफी हो । उनि एक ब्रिटिश-अमेरिकी कम्प्युटर प्रोग्रामर(बेलायतीआमेरिकी गणक यन्त्र क्रमादेशक ) तथा व्यापारी थिए। उनले १९८७ मा सफ्टवेयर कम्पनी म्याकफी एसोसिएट नामक प्रतिष्ठान स्थापना गरेका थिए ।

उनले उक्त प्रतिष्ठानबाट सन् १९९४ मा राजीनामा गरेका थिए ।


प्रकाशित मिति : २०७८ असार ११, शुक्रबार

धेरै पढिएको

ताजा समाचार