युरोकपको नकआउट चरणका खेलहरु आजबाट सुरु, सुरुवातमा दुई खेल हुने


युरोपका विभिन्न ११ शहरमा जारी १६औं संस्करणको युरोकप फुटबलको नकआउट चरण अर्थात अन्तिम १६ का खेलहरु आजबाट सुरु हुँदैछ ।

नकआउट चरण अन्तर्गत आज राति दुई खेलहरु हुँदैछन । पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्दैछन ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीचको खेल आज राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । डेनमार्क समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डेनमार्कले ३ खेलमा ३ अंक जोडेको थियो ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल आज राती १२ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन । इटाली समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले ३ खेलमा ९ अंक जोडेको थियो । अष्ट्रिया भने समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो ।

एजेन्सी


प्रकाशित मिति : २०७८ असार १२, शनिबार

धेरै पढिएको

ताजा समाचार