जर्ज फ्लोयडका हत्याका दोषी पूर्व प्रहरी डेरेक शविनलाई साढे बाइस बर्षको कैद सजाय


जर्ज फ्लोयडका हत्याका दोषी पूर्व प्रहरीलाई डेरेक शविनलाई आज साढे बाइस बर्षको कैद सजाय सुनाइएको छ । उनलाई आज जुन २५ ,शुक्रवारका दिन लामो २२ बर्ष ६ महिनाको लागि सजाय सुनाइएको हो ।

मिनेसोटाको कानुन अनुसार उनले दुई तिहाइ कैद सजाय भोग्नु पर्ने छ । अर्थात् १५ बर्ष कैद र ७ बर्ष ६ महिना उनि सुपरिवेक्षणमा बस्नु पर्नेछ । उनलाई सजाय करिव १० बर्ष ८ महिनाबाट १५ बर्ष अपराध गरेको भनि थप सजाय दिइएको हो ।

यो सजाय अपराधको लागि मिनेसोटा सजाय मार्गनिर्देशन दायरा १० वर्ष र आठ महिनादेखि १५ बर्ष भन्दा बढी छ। फ्लोयडको मृत्युले प्रहरी क्रूरतामा बिरुद्ध देशभरि ठूलो विरोध प्रदर्शन गरिएको थियो ।

न्यायाधीश पीटर काहिलले यो सजाय भावना वा जनमतको आधारमा नभएको बताए। न्यायाधीशले भने, “उनीहरु सबै परिवारले महसुस गरिरहेका गहिरो र गहिरो पीडालाई स्वीकार गर्न चाहन्थे, विशेष गरी फ्लोयड परिवार,” न्यायाधीशले भने।

२२ पृष्ठको ज्ञापनपत्रमा काहिलले दुई बढ्दो कारकहरूले कठोर सजायको प्रत्याभूति गर्दछन् कि शविनले “उनको विश्वास वा अख्तियारको स्थिति दुरुपयोग गरे” र फ्लोयडलाई “विशेष क्रूरता” को साथ व्यवहार गरे भनि सिएनएनले समाचारमा लेखेको छ ।

सन् २०२० को मे २५ का दिन उनलाई ९ मिनेट २९ सेकेण्ड सम्म दुवै हात बाधेर घुंडाले घाटी थिचेका थिए । ४५ बर्षिय शविनलाई गत अप्रिल महिनामा दोषी ठहर गरिएको थियो । उनलाई दोश्रो दर्जाको हत्या,तेश्रो दर्जाको हत्या र दोश्रो दर्जाको मानव हत्यामा संलग्न भएको अभियोग लगाईएको थियो । उनलाई वादीहरुले ३० बर्ष कैद सजाय हुनु पर्छ भनि अनुरोध गरेका थिए ।

उनले घाटी थिचे पछि ४६ बर्षिय अस्वेत व्यक्ति जर्ज फ्लोयडको निधन भएको थियो । स्व फ्लोयडले पटक पटक म स्वास फेर्न सक्दिन भनि रहेका थिए ।


प्रकाशित मिति : २०७८ असार १२, शनिबार

धेरै पढिएको

ताजा समाचार