फारम खुल्यो क्वालिटी इन्टरटेनमेन्ट अवार्डको


निषेधाज्ञा खुकुलो भए सँगै विविध गतिविधि सुरु भएको छ ।यसै क्रममा सँगीत क्षेत्र तथा चलचित्र क्षेत्रको गतिविधि पनि सुरु भएको छ।यसै क्रममा बिगत डेढ दशक देखि नेपाली चलचित्र,म्युजिक भिडियो,बृत्तचित्र निर्माणसँगै गीत संगीत उत्पादन,वितरण गर्दै आएको क्लालिटी फिल्मस् प्रा.लि.ले अब यो क्षेत्रको विकाश र प्रोत्साहनका लागि अवार्ड पनि आयोजना गर्ने भएको छ।

क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवर्धन तथा प्रोत्साहनका लागि अवार्ड गर्न लागिएको बताएका छन्।क्वालिटी फिल्मस्का तर्फबाट ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’आयोजना गरिने भएको छ।सर्जकलाई सम्मान,गुणस्तरीय सृजनालाई प्रोत्साहन भन्ने नाराका साथ यो अवार्ड आयोजना हुन लागेको हो।

क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि १७ असारबाट फारम खुल्ला गरिएको छ।क्वालिटी फिल्मस्को कार्यालय अनामनगर र अनलाईन मार्फत पनि यो अवार्डको फारम भर्न सकिने अध्यक्ष गुरुङले बताएका छन्।अवार्डको फारम १५ साउनसम्म बुझाईसक्नु पर्ने र त्यसपछि चाँडो भन्दा चाँडो अवार्ड आयोजना गरिने पनि अध्यक्ष गुरुङले जानकारी गराएका छन्।

अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विविध ४७ विधामा प्रदान गरिने छ।गीत संगीत तर्फ,गायक,गायिका,संगीतकार,गीतकार,सँगीत संयोजक,म्युजिक कम्पनी,रेकर्डिस्ट,म्युजिक भिडियो निर्देशक,छायाँकार,सम्पादक,अभिनेता अभिनेत्रीलाई यो अवार्ड प्रदान गरिने छ।यस्तै चलचित्र विधाको पनि गीत संगीत, स्कृप्ट,अभिनय,निर्देशन जस्ता विधामा अवार्ड प्रदान गरिने छ।फेशन विधामा फेशन स्टाईल,कस्ट्युम डिजाईन जस्ता विधामा अवार्ड प्रदान गरिने भएको छ। यी विधामा डायस्पोरा तर्फ पनि अवार्ड प्रदान गरिने भएको छ।

यो अवार्डको लागि २०७६ बैशाख १ बाट २०७८ असार मसान्त सम्म रेकर्ड भएर सार्वजनिक रुपमा आएका गीत संगीत,म्युजिक भिडियो,चलचित्र,लघू चलचित्र फेशन कार्यक्रम,मोडलिङ जस्ता विधाले भाग लिन पाउने छन्।यस इन्टररटेनमेन्ट अवार्ड अन्तर्गत गीत संगीत,म्युजिक भिडियो,चलचित्र,लघू चलचित्र,फेशन, मोडलिङ,सामाजिक अभियान जस्ता विविध विधामा अवार्ड प्रदान गरिने पनि क्वालिटी फिल्मसका अध्यक्ष उमेश गुरुङले बताएका छन्।


प्रकाशित मिति : २०७८ असार २२, मंगलवार

धेरै पढिएको

ताजा समाचार