रिलिफ मनाङ्ग अर्गनाइजेसनद्वारा बाढी पिडितहरुलाई सहयोग


रिलिफ मनाङ्ग अर्गनाइजेसनले मनाङ्गका बाढी पिडितहरुलाई सहयोग गरेको छ । मनाङ जिल्लाका दीन दुखी र कैयन बाढी पिडितहरुकाे घाउहरुमा मलम बनी सदा जिल्लाबासीका लागि सहारा स्वरुप रिलिफ मनाङ्ग अर्गनाइजेसन स्थापित गरि प्रबासी तनकाे देशी मन बनी निरन्तर पिडित जनतालाई सहयोग गर्ने मनाङका नन्द कुमार गुरुङ र कृष्ण गुरुङ प्रति सहयोग पाएकामा कृतज्ञता व्यक्त गरेका छन् ।

साथै रिलिफ मनाङ्ग अर्गनाइजेसनले मनाङ्ग जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रहरु ताल,घेराङ्ग,नाचै,खोत्रो ,धारो पानी,थोर्चे ,तिल्चे ,ओडार,घेलांग चोक ,बगरछाप ,दानाक्यु ,ताचै ,तिमांग थान चौकका बासिन्दाहरुलाई राहत सामग्री वितरण गर्ने कार्य गत आषाढ २३ ,२०७८ मा सम्पन्न भएको छ

सो कार्य सम्पन्न गर्नको लागि सहयोग गर्नु हुने तथा नेपालमा राहत सामग्री बितारणको लागि भौतिक रुपमा उपस्थित भै सहयोग गर्नु हुने सबैमा भर्जिनिया बसोबास गर्दै आएका नन्द कुमार गुरुङ र उनका दाजु कृष्ण गुरुङ तथा परिवारको तर्फबाट धन्यवाद दिएका छन् ।

उक्त कार्यक्रमको लागि पीडित परिवारले कार्यक्रमकाे सँयाेजन गर्ने लागि युवा नेता अर्बिन गरुङलाई धन्यबाद दिएका छन् ।


प्रकाशित मिति : २०७८ असार २४, बिहीबार

धेरै पढिएको

ताजा समाचार