कोरोना (कोभिड –१९) बाट २२ सय बढी संक्रमित, १ हजार ३ सय १६ जना संक्रमणमुक्त


नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको कुल ११ हजार ३ सय १३ परीक्षणमा सो परिमाणमा संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै कुल मृतक संख्या ९ हजार ३ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म देशभर कुल ६ लाख १६ हजार ९ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १६ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।


प्रकाशित मिति : २०७८ असार २५, शुक्रबार

धेरै पढिएको

ताजा समाचार