बलिउडका कलाकारहरू हलिउडमा काम गर्न इच्छुक देखिन्छन् । विशेषगरी हलिउडको बजार ठूलो भएकाले नेपाली कलाकार हुन् या बलिउडका कलाकार हुन् त्यो बजारमा काम गर्न आतुर भएको देखिन्छ । बलिउडका थुप्रै कलाकार अहिले पनि हलिउडमा काम गरिरहनुभएको छ ।
यसैबीच बलिउड अभिनेत्री आलिया भट्टको नजर अब हलिउडतिर पर्न थालेको छ । आलियाले हलिउडका चर्चित ट्यालेन्ट मेनेजमेन्ट एजेन्सीहरूमध्ये एक विलियम मोरिस एजेन्सीसँग सम्झौता गर्नुभएको छ । यो एजेन्सीले खेल, कार्यक्रम, मिडिया र फेसनको व्यवस्थापन गर्दै आएको छ । यो एजेन्सीले अभिनेत्री फ्रिडा पिन्टोसँग सम्झौता गरेको थियो । जसले ‘राइज अफ द प्लानेट अफ द एप्स’ र ‘इमोटल्र्स’मा काम गर्नुभयो ।
आलियाको हातमा अहिले धेरै प्रोजेक्ट छन् । उहाँ सञ्जय लीला भन्सालीको फिल्म ‘गंगूबाई काठियावाडी’ र रणवीर कपुरको चलचित्र ‘ब्रहृमास्त्र’मा देखिँद हुनुहुन्छ । यो फिल्मको निर्देशन अयान मुखर्जीले गर्नुभएको छ ।
आलिया शाहरूख खानको रेड चिलिज इन्टरटेनमेन्टका साथ फिल्म ‘डार्लिङ्स’को सहनिर्माण गरिरहनुभएको छ । उहाँ हालका दिनमा मल्टी स्टारर फिल्म ‘आरआरआर’मा व्यस्त हुनुहुन्छ ।