संरक्षित वन्यजन्तुको छाला सहित दुई जना पक्राउ


संरक्षित वन्यजन्तुको आखेटोपहार (छाला)सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–६ गोठाटार बस्ने २८ वर्षीय सबिन तामाङ र रामेछाप लिखु गाउँपालिका–५ नागदह स्थायी वतन भई हाल भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय हित बहादुर मगर रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार९पसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई संरक्षित वन्यजन्तुको जस्तो देखिने एक थान छाला र संरक्षित वन्यजन्तु सालकको छाला सहितको एक थान खपेटा भएको आखेटोपहार सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, हात्तीसार काठमाडौंमा पेश गरिने उक्त ब्यूरोले जनाएको छ ।


प्रकाशित मिति : २०७८ असार २६, शनिबार

धेरै पढिएको

ताजा समाचार