विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण


कोरोना कहरका कारण मजदुरी गरेर खान समेत धौधौ भएर चुलो समेत बाल्न नसक्ने अवस्थामा ६ घर परिवारलाई शनिवार राहत वितरण गरिएको छ।

कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडानम्बर ३ फलेबिसौनाका अति विपन्न घर परिवारलाई चामल,नुन र खानेतेल वितरण गरिएको हो।

हाल अमेरिकामा बस्दै आउनु भएका व्यवसायी एवं समाजसेवी कोमल मनका धनी कृष्ण आचार्य र भरत भुल अनि नेपालको कोहलपुरमा बस्दै आउनु भएका व्यवसायी प्रशान्त आचार्यको संयुक्त आर्थिक सहयोगमा उक्त राहत प्रदान गरिएको कुरा समाजसेवी एवं सञ्चारकर्मी वीरेन्द्र बहादुर रावलले जानकारी दिनु भएको छ।

प्रमुख अतिथि जिल्ला समन्वय समिति कैलालीका सदस्य टेकराज बुढा र पत्रकार वीरेन्द्र रावलको हातबाट उक्त रकम प्रदान गरिएको हो।कोरोना कहरका बेलामा प्रभावित अति विपन्न परिवारलाई एक कार्यक्रमका बिच खाद्यान्न संगै स्वास्थ्य सुरक्षका सामग्रीहरु संयुक्तरुपमा वितरण गर्नुभएको छ।

राहत वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति कैलालीका सदस्य बुढाले पत्रकार रावललाई धन्यवाद दिनुभएको छ।सामाजिक कार्यमा लाग्नुभएका पत्रकार रावलले कोरोनाबाट प्रभावित परिवारलाई राहत वितरण गरेकोमा बुढाले धन्यवाद व्यक्त गर्नुभएको हो।प्रवासमा रहेर पनि नेपाल प्रति चिन्ता र चासो व्यक्त गर्नु हुने व्यवसायी कृष्ण आचार्य,भरत भुल र कोहलपुर निवासी प्रशान्त आचार्यलाई समन्वय समितिका सदस्य बुढाले बधाई तथा धन्यवाद व्यक्त गर्नु भएको छ।

उहाँले कोरोनाबाट प्रभावित परिवारलाई आफूले पनि खाद्यान्न सामग्री वितरण गर्ने प्रतिबद्धता गर्नुभएको छ।राहत अन्र्तगत २५ केजी चामल,एक पाकेट तेल र एक पाकेट नुनसंगै स्वास्थ्य सुरक्षाका सामग्री मास्कपनि वितरण गरिएको पत्रकार रावलले जानकारी दिनुभयो।

उहाँले कोरोनाबाट रोजगारी खोसिएका साँझबिहान हातमुख जोड्न समस्या भएका छ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको बताउनु भयो।उहाँले भन्नुभयो, खाद्यान्न सामग्री वितरण गरेर मैले मानवीय धर्म निर्वाह गरेको हुँ।उहाँले कोरोनाबाट प्रभावितलाई केहि दिनको लागि भएपनि राहत पुगोस् भनेर खाद्य सामग्री वितरण गरिएको बताउनु भयो।

पत्रकार रावलको पहलमा यो भन्दा पहिलेपनि मोहन्याल गाउँपालिकाको वडा नम्बर ६,७ र ३ का एक सय घरपरिवारलाई खाद्यान्न वितरण गरिएको थियो।
बन्दा बन्दीको बेलामा कामकाज ठप्प भएका बेलामा राहत पाएको भन्दै अधिकांश पिडितहरुले राहतको महसुस गरेका छन्।


प्रकाशित मिति : २०७८ असार २७, आईतवार

धेरै पढिएको

ताजा समाचार