भदौमा नेकपा एमाले मोरङको वडा कमिटी र पालिकाको अधिवेशन हुने


नेकपा एमाले मोरङले वडा कमिटी र पालिका कमिटीको अधिवेशन गर्ने भएको छ।एमाले मोरङले १५९ वटा वडा कमिटीमा भदौ ५ गते र १७ वटै पालिकामा भदौ १५ गते अधिवेशन गर्ने निर्णय गरिएको स्कुल विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिए।

एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा आज बसेको जिल्ला कमिटीको बैठकले वडा कमिटी र पालिका कमिटीको अधिवेशन एकै दिन गर्ने तयारी गरिएको खतिवडाले बताएका छन् । जनसंगठनहरुले भेला तथा अधिवेशनबाट नयाँ कमिटी निर्माण भदौ मसान्त सम्ममा गरिसक्नु पर्ने बैठकले निर्णय गरेको छ ।जिल्ला कमिटी बैठकले २०७८ सालको सदस्यता नविकरण आगामी साउन १५ गते भित्रमा गरिसकेर जिल्लामा नामावली र शुल्क बुझाई सक्नुपर्ने निर्णय गरेको छ।बैठकले विभिन्न पार्टीबाट आएका विगतमा नेकपा हुँदा पार्टी सदस्य कायम भएका र एमालेमा रहेका सवैको पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको स्कुल विभाग प्रमुख खतिवडाले बताए।

बाढी,पहिरोबाट हुन सक्ने जोखिमबाट बच्नका लागि आवस्यक सहयोग तथा स्वयंसेवकीय र संभावित जोखिमको रोकथाम र न्युनीकरणका लागि आवश्यक भूमिका निर्वाह गर्न जनवर्गिय संगठनहरु राष्ट्रिय युवा संघ, अनेरास्ववियु, ट्रेड युनियन महासंघ र अनेमसंघलाई आवश्यक सहयोगका लागि जिम्मेवारी दिईएको छ। एमाले केन्द्रिय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालको प्रमुख आतिथ्यमा बसेको बैठकले आगामी भदौ भित्रमा सवै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउन संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ। यस्तै कोरोना संक्रमण तथा अन्य कारणबाट निधन भएका पार्टीका नेता कार्यकर्ताहरुमा श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना पनि प्रकट गरेको स्कुल विभाग प्रमुख खतिवडाले जानकारी दिए।

जिल्ला कमिटी बैठकमा नेता ढकालले एमालेमा समानान्तर गतिविधि गरिरहेको समूहलाई अन्य पार्टीसँग गठबन्धन टुटाउन आग्रह गरेका छन्। अन्य पार्टीसँगको गठबन्धन टुटाए एमाले एकताबद्ध हुने उनले बताए।


प्रकाशित मिति : २०७८ असार २७, आईतवार

धेरै पढिएको

ताजा समाचार