धराने गायक गङ्गा बरदानको धराने हावा गीत बजारमा


धराने गायक गङ्गा बरदानको धराने हावा गीत बजारमा आएको छ । गत महिना जुन २९ का दिन उक्त गीत सार्वजनिक गरिएको हो । सिल्भर इन्टरटेन्टमेन्ट द्वारा प्रस्तुत उक्त गीत समाज सेवी राजिभ हलवाईले लेखेका हुन् ।

उक्त गीतको संगीत गायक स्वयम् गङ्गा बरदानले गरेका हुन् । यो श्रब्य दृश्य (भिडियो ) लिरिकल (गीतात्मक) रुपमा प्रस्तुत गरिएको छ ।

गीत यस्तो छ :

धराने हावा
तोङ्ग्बाको पानी
यस्तै नै छ है
यो जिन्दगानी
धराने हावा
तोङ्ग्बाको पानी


प्रकाशित मिति : २०७८ असार २७, आईतवार

धेरै पढिएको

ताजा समाचार