प्रदेश प्रमुख अधिकारी–रासस प्रमुख सदरुलाई पत्रकारिता पुरस्कार प्रदान


सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले राष्ट्रिय समाचार समिति प्रदेश नं १ का प्रमुख मोहम्मद सदरुल सहित छ जना पत्रकारलाई आज पत्रकारिता पुरस्कार एवं एवं सम्मान गरेको छ।

सञ्चारकर्मी सञ्चार सहकारी संस्था लि को दशौं स्थापना दिवसको उपलक्ष्यमा राससका प्रदेश प्रमुख सदरुल,अनन्तराज न्यौपाने,मीनकुमार श्रेष्ठ,तारा आचार्य, राजकुमारी तामाङ र एलिना दियालीलाई सम्मान गरेको हो।

मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी–२०७७ पुरस्कारबाट प्रम्ख सदरुललाई र २०७८ सालको आचार्यलाई प्रदान गर्ने भएको छ।

नेपाल पत्रकार महासंघ मोरङका पूर्व सभापति दीपक दाहाल सहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मोरङ जिल्लामा कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने एक जनालाई प्रत्येक वर्ष नगदसहित सम्मान गरिने र यस पुरस्कारको राशि रु २१ हजार रहेको छ।

यस्तै ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार न्यौपाने र श्रेष्ठलाई प्रदान गरिएको छ।

यस्तै रासस विराटनगरकी पूर्व समाचारदाता मीना श्रेष्ठ महिला पत्रकर प्रोत्साहन पुरस्कारबाट २०७७ सालका लागि तामाङ र २०७८ सालका लागि दियालीलाई प्रदान गरिएको छ।उक्त पुरस्कारको राशि नगद रु १० हजार रहेको छ।श्रेष्ठ महिला पत्रकारिता पुरस्कार प्रदेश १ मा बसी कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ।

रासस


प्रकाशित मिति : २०७८ असार २८, सोमबार

धेरै पढिएको

ताजा समाचार