केपि शर्मा ओलिको प्रधानमन्त्रीबाट बर्हिगमन पस्चात बनेको नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवाको नेतृत्वको सरकारमा यति बेला मन्त्रीको चर्चामा उमाकान्त चौधरिको नाम पनि अग्रपन्तिमा छ।
बारा क्षेत्र नम्वर एकबाट प्रतिनिधि सभा सदस्य भएका चौधरि बाराको मात्र नभएर देशकै लोकप्रिय नेता हुन्।ने बि सघंको बिधार्थी राजनितिबाट राजनितिमा सक्रिय रहेका चौधरि त्रिभुवन विश्वबिद्यालयको केन्द्रिय क्याम्पस किर्तिपुरको उपसभापति बनेका थिए।
मधेशबाट नै पहिलो पटक उपसभापति बनेका चौधरी गिरिजा प्रसाद कोईराला, बिजय कुमार गच्छादार, खुम बहादुर खड्का लगाएतका नेपाली कांग्रेसका बरिष्ट नेताहरुको नजरमा सक्रिय नेताको रुपमा परिचित थिए।
नेबिसघं पछि तरुण दलको केन्द्रिय सदस्य हुदै ३२ बर्षकै कलिलो उमेरमा बारा क्षेत्र नम्वर १ बाट २०५६ सालमा प्रत्यक्ष सांंसदमा लडेर बारा जिल्ला लाला किल्ला भन्ने भनाईलाई बिफल बनाउदै एमालेका मुकुन्द न्यौपानेलाई भारि मतले पराजित बनाउदै चौधरी बिजय भएका थिए।
पहिलो पटक सांसद हुदा नै कृषि राज्य मन्त्री बनेका चौधरीले आफ्नो पालमा कृषिमा केहि नँया आयाम थप्ने काम गरका थिए। साथै निजगढको लाल बकैयाको तटबन्धन खानेपानी समस्या समाधानमा महत्वपुर्ण भुमिका निभाएका थिए। २०५६मा कृषि राज्य मन्त्री हुदै २०६४ मा प्रत्यक्ष प्रतिनिधि सभामा निर्वाचित भएका चौधरि स्वास्थ्य मन्त्री बनेका थिए।
दोस्रो पुस्ताको लोकप्रिय छबिका नेताको रुपमा परिचय बनाएका चौधरी नेपाली काग्रेसको केन्द्रिय सदस्यमा ३ पटक निर्वाचित भैसकेका छन् ।हाल २०७४ सालमा केपि शर्मा ओलिका नजिकको पात्रको रुपमा परिचित अच्चुत मैनालीलाई भारि मतले पराजित गर्दै बिजय भएका चौधरि देशभरिका युवाहरुको बिच लोकप्रिय छन्।
निडर र स्वस्छ छबि बनाएका चौधरी मधेशमा काग्रेसलाई टिकाई राख्न कोसेढुङ्गाको रुपमा स्थापित छन्। मन्त्री मन्डलको चर्चा सगै उनको नाम पनि समेटिनु पर्ने भन्दै देशभरका काँग्रेस सदस्यहरुले सामाजिक सन्जालमा आवाज उठाईराखेका छन्।