१० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा अक्टोबर २३–२५ मा आयोजना गरिने


गैरआवासीय नेपाली संघको मिति १७ जुलाई २०२१ दिन सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले गरेको निर्णय अनुसार यही आगामी अक्टोबर २३–२५ मा १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।
अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको छ । यसका साथै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ ।
निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय भएको छ ।
गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको छ ।

 


प्रकाशित मिति : २०७८ श्रावण ३, आईतवार

धेरै पढिएको

ताजा समाचार