प्रतिनिधिसभाको दोस्रो बैठकमा देउवाले विश्वासको मत माग्ने


 

सर्वोच्च अदालतको फैसलाका कारण पुनस्र्थापना भएको प्रतिनिधिसभाको अधिवेशनको पहिलो बैठक अब १५ मिनेटका लागि स्थगित भएको छ ।

१५ मिनेटपछि बस्ने बैठकमा अब नेपाली कांँग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन् ।

उक्त प्रस्ताव पेश भएपछि दलका प्रतिनिधिहरु बोल्ने छन् । त्यसपछि विश्वासको मतका लागि मतदान हुनेछ ।

प्रधानामन्त्रीमा देउवालाई कांग्रेस, जसपा, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेमा माधवकुमार नेपाल पक्षधरका केही नेताहरुले मतदान गर्ने भएका छन् ।


प्रकाशित मिति : २०७८ श्रावण ३, आईतवार

धेरै पढिएको

ताजा समाचार